Category: मनोरञ्जन खबर

नेपथ्यले बनायो ‘रातो र चन्द्र सूर्य’को म्युजिक भिडियो

काठमाडौं । कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’लाई अम्बर गुरुङले लामो समयपछि वीर रसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । अब यो गीत म्युजिक भिडियोमा समेत देख्न सकिने भएको छ । पछिल्लो समय यस गीतलाई सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले आफ्नै सांगीतिक एरेन्जमेन्टमा गाउँदै आएको छ । संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति प्राप्त गरेपछि नेपथ्यले यस गीतलाई आफ्नो एल्बममा समेत समावेश गरेको थियो । गीतलाई आधुनिक संगीतमा ढालेर गाइएपछि युवापुस्तामाझ समेत यो गीत निकै लोकप्रिय भएको छ । यसै गीतलाई नेपथ्यले म्युजिक भिडियोको रुपमा ल्याएको छ...

Read More

तीज गीत ‘नेटो काटम की यसपाली’ सार्वजनिक

काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व तीजको अवसरमा तीज गीतका म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । त्यसैक्रममा अर्को रमाइलो तीज गीत सार्वजनिक भएको छ । रेश्मा केसी र तृप्ती खड्काको ‘ नेटो काटम की यसपाली ‘ म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय सृजना रहेको छ । तृप्ति खड्का, रेश्मा केसी र सन्दीप न्यौपानेको स्वरले सजिएको गीत तीजका चेलीहरुलाई नचाउने किसिमको बनेको छ । गीतमा तृप्ती खड्काको संगीत तथा श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ । गीतको भिडियोमा लालुमै गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल विजय गुरुङ र...

Read More

छवि ओझा विरूद्ध शिल्पा पोखरेलले दिइन् घरेलु हिंसाको उजुरी

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री शिल्पा पोखरेलले श्रीमान तथा चलचित्र निर्माता छविराज ओझाविरूद्ध उजुरी दिएकी छिन् । उनले श्रीमान ओझाले आफूमाथि घरेलु हिँसा गरेको भन्दै उजुरी दिएकी हुन् । पछिल्लो समय उनीहरुको वैवाहिक जीवनमा खटपट रहँदै आएको र शिल्पाले छविसँग डिभोर्स मागेको बताइएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए। विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए। Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form....

Read More

फिल्म हलमा हरर फिल्म हेर्दा हेर्दै एक व्यक्तिको मृत्यु

एजेन्सी । फिल्म हलमा हरर फिल्म हेर्दा हेर्दै एक व्यक्तिको मृत्यु भएको छ । ७८ वर्षीय ती व्यक्ति बेलायतका हुन् । उनी थाइल्याण्ड घुम्न गएका थिए । गत बुधबार उनी थाइल्याण्डकै एक फिल्म हलमा Annabelle Comes Home हेर्न पुगेका थिए । एक्लै फिल्म हेर्न पुगेका उनको फिल्म हेर्दा हेर्दै निधन भएको थियो । संगै फिल्म हेरिरहेकी एक महिलाले थाहा पाएपछि फिल्म हल व्यवस्थापकलाई खबर गरेकी थिइन् । Source : 7 News Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियावासी रसाइलीको ‘अमिलो निबुवा’ चर्चामा

मेलबर्न । अष्ट्रेलियावासी जीवन रसाइलीको अमिलो निबुवाले यतिबेला सांगीतिक बजारमा चर्चा बटुलीरहेको छ । पोखराका जीवन रसाइली हाल अष्ट्रेलियामा बस्छन् । विदेशको व्यस्त र संघर्षशील जीवनशैलीको चुनौतीलाई चिर्दै अगाडी बढेका उनले अष्ट्रेलिया पुगेर पनि आफ्नो रुचि अनुसार भिडियो निर्माण, निर्देशन लगायतका कामलाई निरन्तरता दिएका छन् । अहिले अष्ट्रेलियामा खिचिएका धेरैजसो नेपाली म्युजिक भिडियोमा उनको नाम आउने गर्छ । म्युजिक भिडियो निर्देशनमा आफूलाई अब्बल सावित गरेका रसाइलीले ‘अमिलो निबुवामा आफूलाई गायकको रुपमा समेत परिचित गराएका छन् । रसाइलीलाई स्वरमा निकिता थापाले साथ दिएकी छिन् । गीतमा दिपक सिलवालको शब्द तथा संगीत रहेको छ भने कुशल सिंहको एरेन्ज रहेको छ ।...

Read More