Category: मनोरञ्जन खबर

नारायणहिटी दरबारमा सिनेमा हल

काठमाडौँ । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन । त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पु¥याइएको रिललाई...

Read More

नाम जोडिएपछि मोडल अञ्जली अधिकारी आक्रोशित

काठमाडौं । अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारीले आफ्नो विषयमा मिडियामा आएका अनेक टिकाटिप्पणीलाई लिएर आक्रोश पोखेकी छिन् । बजारमा आएका विषयलाई लिएर पत्रकारले उनीमाथि प्रश्न गरेपछि आक्रोशित बनेकी हुन् । गलबन्दी गीतले अञ्जलीको चर्चा चुलिएसँगै शंकर विसी, बन्द्री पंगेनी र पशुपति शर्मासँग समेत उनको नाम जोडेर विभिन्न समाचारहरु आएका थिए । यस विषयमा अञ्जलीले यी सवै अग्रज कलाकारलाई आफूले अभिभावक मान्ने बताउँदै अनावश्यक भ्रम नफैलाउन समेत आग्रह गरेकी छिन् । गलबन्धी लगायत उनको अभिनय रहेका थुप्रै म्यूजिक भिडियो सुपरहिट छन्...

Read More

नाना पाटेकरलाई मीटु अभियोगमा क्लीनचिट

एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरलाई मुम्बई प्रहरीले क्लिनचिट दिएको छ । अभिनेत्री तनुश्री दत्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पाटेकरलाई प्रहरीले क्लिनचिट दिएको हो । मुम्बई प्रहरीले नाना पाटेकरले यौन दुर्व्यवहार गरेको कुनै प्रमाण फेला नपरेको जनाएको छ । अभिनेत्री तनुश्रीले प्रहरीको यो फैसलाप्रति कुनै प्रतिक्रिया जनाएकी छैनन् । तर तनुश्री दत्ताका वकीलले भने प्रहरीमाथि सत्य छानबिन नगरेको आरोप लगाएका छन्...

Read More

युट्युवर गौतममाथि प्रशासनको थप कडाइ,थप २ दिन हिरासतमै राखिने

काठमाडौँ । नेपाली चलचित्रको व्यंग्यात्मक समीक्षा गरेबापत विद्युतीय कारोवार ऐनअन्तर्गत प्रहरी थुनामा परेका प्रनेश गौतमको तत्काल रिहाइ माग गर्दै बुधबार युवाले राजधानीमा प्रदर्शन गरेका छन् । गौतमको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भन्दै युवा विद्यार्थीले माइतीघर मण्डलमा गरेको प्रदर्शनमा चलचित्र उद्योगको ‘दादागिरी बन्द गर’ लेखिएका प्लेकार्ड देखाएका थिए । उनीहरूले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि माग गरे । अभिव्यक्ति स्वतन्त्रता वर्जित भएको संकेत स्वरुप मुखमा कालो टेप लगाएर प्लेकार्डसहित ललितपुरको पुल्चोकदेखि माइतीघरसम्म युवा विद्यार्थीले पैदल प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालमा थुप्रै युवाले पक्राउको विरोधमा तीखा टिप्पणी गरेका छन् । ट्वीटरमाह्यासट्याग फ्रिप्रनेश गौतम ट्रेन्डिङ भइरहेको छ । यसैबीच काठमाडौं जिल्ला अदालतले गौतमलाई अनुसन्धानका लागि...

Read More

नेपालका प्रितम आचार्य सारेगमपमा तेस्रो भए

काठमाडौं ।  भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारण हुँदै आएको सारेगमप लिटल च्याम्प्सको आइतबार फाइनलमा इटहरी–५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्। छ जनाको ुटप(६ु मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ। प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ुरियालिटी शोु को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ग्राण्ड फाइनलमा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानले रोमान्टिक गीतमा आयुष अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र सेलेब्रिटीु...

Read More