Category: फरक/रोचक

अष्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा

एजेन्सी । अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् । १० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् । सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन...

Read More

नेपाली महिलाले जन्माइन् एकैपटक चार शिशु

काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरी जन्माएको उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा। चन्दा कार्कीले जानकारी दिइन् । आठ महिनाको गर्भबाट डा। कार्की लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश स् १।४, १।५, १।६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २।५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको...

Read More

भालेविरुद्ध मुद्दा हाल्नेमाथि कारबाही

एजेन्सी । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् । दुवै तर्फको बयान, प्रहरीको...

Read More

ट्वीटरका मालिककै ट्वीटर एकाउन्ट ह्याक

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए । ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने...

Read More

करेन्ट लाग्दा मानिसको दिमाग तेजिलो हुन्छ

एजेन्सी । बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ । तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ । विद्युत्को स्वीच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गरिएको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने गर्छ । जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले यस सम्बन्धी अध्ययन गरी सो निष्कर्ष निकालेका हुन् । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने, यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक...

Read More