Category: परिकार

स्वादिष्ट च्याउको छोइला बनाउने तरिका ( भिडियो )

काठमाडौं । छोइला विशेषगरि नेवारी समुदायले खाने परिकार हो । तर आजकल यो परिकार सबैको प्रिय परिकार बनेको छ । छोइला बनाउँदा धेरैजसो मासुको बनाउने गरिन्छ । तर सोयाबिनको मस्यौरा, च्याउ आदिको पनि छोइला बनाउन सकिन्छ , जुन शाकाहारीहरुको लागि उपयुक्त परिकार हुन्छ । आवश्यक सामग्री च्याउ , प्याज, हरियो खुर्सानी, लसुन, अदुवा बेसार, नुन, जिरा धनियाँ पाउडर, मेथी सुकेको खुर्सानी, उसिनेको टमाटर, टिमुर   विधि च्याउलाई राम्रोसंग केलाउने र तातो पानीले पखाल्ने । च्याउबाट पानी निकालेर सुख्खा बनाउने । अब एउटा भाँडोमा तेल तताउने र तेल तातेपछि त्यसमा च्याउ राखेर फ्राई गर्ने । त्यसपछि लसुन, अदुवा, टिमुर, टमाटर,...

Read More

चको मोक्का (चकलेट केक) बनाउने तरिका

सामग्री : क्रिम मिल्क १ सय ग्राम, फ्रेस क्रिम ५ सय ग्राम, चकलेट कोका पाउडर ५० ग्राम, कफी ५० ग्राम, मैदा ५० ग्राम, चकलेट सोलिड १ सय ग्राम (१ किलो केकका लागि) । विधि : मैदा, चकलेट तथा क्रिम मिल्कको मिक्सर बनाएर ३ सय २० डिग्रीमा बेक गर्ने । फाउन्डेसन अर्थात् बेस तयार भएपछि आफ्नो रुचिअनुसारको सेपमा ३ स्लाइस गरी छुट्याएर स्पञ्ज बनाएर राख्ने । फ्रेस क्रिम, चकलेट तथा कफीको घोल तयार गर्ने । सेपअनुसार बेसमा राखेर तयार घोललाई स्पञ्जको साइजअनुसार राख्ने । यसैगरी तीनवटै लेयर स्पञ्ज तथा क्रिम मिलाउँदै राख्ने । तीनवटै स्लाइस जोडेपछि १८ डिग्री तापक्रम राखी...

Read More

गाउँघरको स्वादिष्ट परिकार ‘केराको बुङ्गाको अचार’ बनाउने तरिका ( भिडियो )

काठमाडौं । केराको बुङ्गाको अचार सहरी जीवनशैलीको लागि नयाँ भएतापनि गाउँघरमा अत्यधिक बनाइने परिकार मध्येको एक हो । केराको बुङ्गाको अचार बनाउन सजिलो र खाँदा निकै स्वादिष्ट हुन्छ । अचारमा यसले नयाँ स्वाद दिन्छ । आवश्यक सामग्री केराको बुङ्गा, आलु, कागती, खुर्सानी नुन, तोरीको तेल, अदुवा, बेसार, मेथी भुटेर पिसेको तिल, जिरा धनियाँको पाउडर विधि सुरुमा केराको बुङ्गाको बाहिरि भाग फाल्ने र बीचको भाग काट्नुपर्छ । अब आलु र बुङ्गालाई उसिन्न राख्नुपर्छ । उसिनिसकेपछी बुङ्गालाई केलाउने । अब आलु र बुङ्गालाई एउटा भाँडोमा राख्ने र यत्तिकै मोल्ने । त्यसपछि त्यसमा कागती निचोर्नुपर्छ। अब नुन र तिल राख्नुपर्छ । त्यसपछि...

Read More

स्वादिष्ट आलु टिकी चाट बनाउने तरिका ( भिडियो )

काठमाडौं । आलु टिकी चाट शाकाहारी खाजाको परिकार हो ।  यो बाटोको ठेला देखि रेस्टुरेन्टको मेनुमा सम्म पाउन सकिन्छ । यो परिकार पिरो-अमिलो मन पराउनेहरुका लागि उपयुक्त परिकार हो । आवश्यक सामग्री : उसिनेको आलु, भिजाएको केराऊ इमलीको रस, धनियाँ, प्याज नुन, तेल, धनियाँ पाउडर, जिरा पाउडर, भुजिया बेसन, दही, चाट मसला, खुर्सानी, आमचुर विधि केराऊलाई प्रेसरकुकरमा उसिन्ने । एउटा भाँडोमा उसिनेको आलु लिने र त्यसमा नुन, आमचुर, चाट मसला, जिरा पाउडर, खुर्सानीको धुलो, बेसन राखेर राम्रोसंग मुछ्ने । अब हातमा अलकति तेल लगाउने र टिकी बनाउन सुरु गर्ने । एउटा प्यानमा तेल तताउने । तेल तातिसकेपछि त्यसमा टिकी...

Read More

स्वादिष्ट खीर बनाउने तरिका

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजले छोइसकेको छ । तीजमा नाचगान संगै दर खाने गरिन्छ । दरमा सबैभन्दा महत्वपूर्ण परिकार खीर हो । खीर पकाउने आवश्यक सामग्री – चामल (बासमती वा ताइचिन) ः १ कप – दुध ः १ लिटर – चिनी ः १ ठुलो चम्चा – काजु (टुक्रा पारिएको) ः २ सानो चम्चा – नरिवल (टुक्रा पारिएका) ः २ सानो चम्चा – छोकडा (टुक्रा परिएको) ः २ सानो चम्चा – सुकुमेल ः २÷३ पिस – किसमिस ः ६÷७ पिस – ल्वाङ ः २÷३ पिस – तेजपात ः १÷२ पात खीर बनाउने तरिका – सर्वप्रथम चामललाई केलाएर...

Read More