Category: परिकार

थारु समुदायको माघी परिकार

माघ १ गते नेपालका आदिवासी थारु समुदायले माघी पर्व धुमधामले मनाउने गर्दछन । नयाँ वर्षको स्वागतमा यस दिन विभिन्न परिकार खाने थारु परम्परा रही आएको छ । प्रस्तुत छ थारु समुदायको माघी परिकार बारेको केहि जानकारी : घोङी : घोङी थारुहरूको विशेष परिकार हो। शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ। पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन्। राजधानी तथा तराई क्षेत्रका थारु होटल–रेस्टुरेन्टमा घोङीको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। राजधानीमै थारु भिलेज रेस्टुरेन्ट, मोमोटारो रेस्टुरेन्टमा घोङीको स्वाद चाख्न पाइन्छ। लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ। घोङी पकाउन...

Read More

लिंगका मात्र परिकार पाईने रेष्टुरेन्ट

यो  बिचित्रै विचित्रको संसार हो ।  त्यसैले जसले विचित्र काम गर्छन उनी चर्चामा पनि बढी आउँछन् । यस्तै अनौठो भएको खबर यहाँहरुलाइ जानकारी गराउँदैछौ । जहाँ रेष्टुरेन्टमा केवल लिंगका परिकार मात्र खान पाइन्छ । यो सुनेर तपाइँलाई अवश्य पनि आश्चर्य लाग्नेछ तर यो सत्य हो । हो चीनको बेइजिङमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ केवल लिंगका परिकार मात्र पाइन्छ । कछुवा र मृगको लिंगको परिकार इतिहास अनुसार यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइनाटाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा लिंग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा...

Read More

क्रिसमस डे बार्बेक्यूमा सबैलाई खुला निम्ता

यसपटक क्रिसमस पर्वलाई तपाई कसरी सेलेब्रेट गर्दै हुनुहुन्छ ? यो उत्सव र पर्वलाई नेपालीपन र नेपाली मनसँग बाँडेर मनाउँने तपाईको इच्छा छ भने तपाईको लागि सुनौलो अवसर छ । हो यस वर्षको क्रिसमस पर्वको अवसरमा एनआरएन भिक्टोरियाले क्रिसमस डे बार्बेक्यूको आयोजना गर्दै छ । जहाँ थुप्रै नेपालीहरुका बीचमा वनभोजको जस्तै मज्जा र आनन्द लिन पाउँनुहुनेछ । परदेशको भूमिमा क्रिसमस जस्तो ठूलो पर्व नेपालीहरुकैबीचमा बसेर मनाउँन पाउँनुको आनन्द शायद तपाईलाई अवश्य होला । डिसेम्वर २५ का दिन मध्यान्ह १२ वजेपछि अल नेशन पार्क नर्थकोलमा हुने क्रिसमस डे बार्बेक्यूमा इच्छुक सबैलाई खुल्ला निम्ता गरिएको आयोजकले जनाएको छ...

Read More

यी ५ खानेकुराले जाडोबाट जोगाउँछ

जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ । हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले चिसो तथा रुघाखोकीबाट बचाउँछन् । ती सुपरफुडहरु निम्न छन्-   १. गाजर – क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ । २. हरियो चिया (ग्रिन टी)– ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व...

Read More

चिया पिउने कि कफी

यदि तपाइँलाइ चिया र कफिमा कुनै एउटा रोज्न भनियो भने चिया पिउनु तपाइका लागी धेरै राम्रो हुनेछ किनभने चियामा अक्सीकरणरोधी (एन्टीअक्सीडेन्ट) गुण हुने गर्दछ । हालै गरिएको एक अनुसन्धानले देखाए अनुसार, चिया पिउनाले नन कार्डियो-भस्कुलर-(सिवि)को खतरा २४ प्रतिशत सम्म कम हुने गरेको देखिएको छ । स्पेन को बार्सिलोनामा यूरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी) कांग्रेस २०१४ मा फ्रान्सका प्रोफेसर निकोलस डानचिनले भने कि, कफि र चिया हाम्रो जिवनको एक महत्वपूर्ण अंश हो । हामीले फ्रान्सका नन कार्डियो-भस्कुलर-सिविको जोखिम भएका मानिसहरूमा चिया र कफिले पार्ने प्रभावका बारेमा निकै जाँच गर्यौ । अनुसन्धानमा १८ देखि ९५ बर्ष उमेर समूहका १ लाख ३१ हजार ४०१...

Read More