Category: परिकार

आमा बन्ने सोचमा हुनुहुन्छ ?…त्यसोभए करेला सेवन गर्दै नगरौ

करेला प्रकृतिको वरदान हो । यो स्वास्थ्यको लागि पनि निकै फाईदाजनक मानिन्छ । तर हरेक कुराको फाईदासंगै बेफाईदापनि जोडिएको हुन्छ । करेला स्वास्थ्यको लागि जति फाईदाजनक मानिन्छ त्यतिनै हानिकारक पनि हुन सक्छ । डायबेटीज रोगिका लागि करेला खानको लागि सल्लाह दिईन्छ । तर यसको प्रयोगका लागि केहि साबधानी अपनाउनु आवश्यक छ । किनकी करेलाले शरीरमा नोक्शान पुर्याउन सक्छ । करेला कुन अवस्थामा खानु हानिकारक हुन्छ ? थाहा पाईराखौ । डायबिटीजका बिरामी :- डायबिटीजका बिरामीले धेरै मात्रामा करेलाको प्रयोग गरेमा यो हानिकारक हुनसक्छ । करेलाको अत्याधिक सेवनले ब्लड प्रेसर कम हुन सक्छ । त्यसैले यसको प्रयोग गर्नु अघि चिकित्सकको सल्लाह...

Read More

विन्टर स्पेशल मटर पनीर बर्गर

आवश्यक सामग्री :- उसिनेको मटर – आधा कप, पनीर–२०० ग्राम, बर्गर बन्स–४, हरीयो खुर्सानी–२, मक्खन–१ ठुलो चम्चा, प्याज–१, मरीचको धुलो–१ चम्चा, मह–१ चम्चा, हींग–१÷४ चम्चा, धुलो खुर्सानी–१ चम्चा, पुदीनाको पत्ता १२–१५, हरीयो धनियाँ –१२–१५, मिचिएको आलु–२, ब्रेड क्रम्ब्स–१÷४ कप, नुन– स्वादअनुसार । बनाउने तरीका :- एउटा प्यानमा तेल तताउने । तताएको तेलमा काटेको प्याजलाई हाल्ने । त्यसपछि मरिचको धुलो र नुन राखेर प्याजलाई फ्राई गर्ने । अब प्याजलाई एउटा भाँडोमा निकाल्ने र हरीयो खुर्सानीलाई एकछिन फ्राई गर्ने । त्यसपछि हींग र धुलो खुसानी राख्नुहोस । त्यसलाई राम्रोसंग मिलाउनुहोस र हरियो मटर राखेर २ मिनेट फ्राई गर्नुहोस । अब मटरको...

Read More

थारु समुदायको माघी परिकार

माघ १ गते नेपालका आदिवासी थारु समुदायले माघी पर्व धुमधामले मनाउने गर्दछन । नयाँ वर्षको स्वागतमा यस दिन विभिन्न परिकार खाने थारु परम्परा रही आएको छ । प्रस्तुत छ थारु समुदायको माघी परिकार बारेको केहि जानकारी : घोङी : घोङी थारुहरूको विशेष परिकार हो। शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ। पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन्। राजधानी तथा तराई क्षेत्रका थारु होटल–रेस्टुरेन्टमा घोङीको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। राजधानीमै थारु भिलेज रेस्टुरेन्ट, मोमोटारो रेस्टुरेन्टमा घोङीको स्वाद चाख्न पाइन्छ। लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ। घोङी पकाउन...

Read More

लिंगका मात्र परिकार पाईने रेष्टुरेन्ट

यो  बिचित्रै विचित्रको संसार हो ।  त्यसैले जसले विचित्र काम गर्छन उनी चर्चामा पनि बढी आउँछन् । यस्तै अनौठो भएको खबर यहाँहरुलाइ जानकारी गराउँदैछौ । जहाँ रेष्टुरेन्टमा केवल लिंगका परिकार मात्र खान पाइन्छ । यो सुनेर तपाइँलाई अवश्य पनि आश्चर्य लाग्नेछ तर यो सत्य हो । हो चीनको बेइजिङमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ केवल लिंगका परिकार मात्र पाइन्छ । कछुवा र मृगको लिंगको परिकार इतिहास अनुसार यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइनाटाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा लिंग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा...

Read More

क्रिसमस डे बार्बेक्यूमा सबैलाई खुला निम्ता

यसपटक क्रिसमस पर्वलाई तपाई कसरी सेलेब्रेट गर्दै हुनुहुन्छ ? यो उत्सव र पर्वलाई नेपालीपन र नेपाली मनसँग बाँडेर मनाउँने तपाईको इच्छा छ भने तपाईको लागि सुनौलो अवसर छ । हो यस वर्षको क्रिसमस पर्वको अवसरमा एनआरएन भिक्टोरियाले क्रिसमस डे बार्बेक्यूको आयोजना गर्दै छ । जहाँ थुप्रै नेपालीहरुका बीचमा वनभोजको जस्तै मज्जा र आनन्द लिन पाउँनुहुनेछ । परदेशको भूमिमा क्रिसमस जस्तो ठूलो पर्व नेपालीहरुकैबीचमा बसेर मनाउँन पाउँनुको आनन्द शायद तपाईलाई अवश्य होला । डिसेम्वर २५ का दिन मध्यान्ह १२ वजेपछि अल नेशन पार्क नर्थकोलमा हुने क्रिसमस डे बार्बेक्यूमा इच्छुक सबैलाई खुल्ला निम्ता गरिएको आयोजकले जनाएको छ...

Read More