Category: परिकार

नेपालको कानून साँच्चिकै दैवले जानून !

अखाद्य सामग्री बिक्री गर्ने कम्पनीलाई कस्तो सजाय हुन्छ ? सरकारले हदैसम्मको कस्तो कारबाही गर्न सक्छ ? सुन्दै अचम्म लाग्छ । जम्माजम्मी एक हजार रुपैयाँ जरिवाना मात्रै । निर्देशिका नै त्यस्तो बनेको छ, जुन संशोधनसम्म हुन सकेको छैन । यही कमजोर सजायको व्यवस्था भएका कारण खाद्य क्षेत्रमा उत्पादनका नाममा अखाद्य वस्तु बजारमा बिक्री गर्ने व्यावसायी सहजै उम्किने गरेका छन् । कमजोर कानुन, नियमित अनुगमनको अभाव तथा सम्बन्धित पक्षको ढिलासुस्तीका कारण उनीहरू सरकारले तोकेको मापदण्डविपरीत खुलेआम काम गरिरहेका छन् । यसरी कमजोर कानुन र अनुगमनको फाइदा उठाउनेमा नेपाली कम्पनीका साथै बहुराष्ट्रिय कम्पनीसमेत छन् । तिनीहरूले अखाद्य पदार्थविरुद्धको जरिवानामा परे पनि कमजोर...

Read More

के नेपालका चाउचाउहरु चाहिं गुणस्तरीय छन् त ?

भारतको केही राज्यहरुमा म्यागी चाउचाउको गुणस्तरीयतालाई लिएर चलेको विवादसँगै नेपालमा उत्पादित विभिन्न ब्रांण्डका चाउचाउमाथि पनि आशंका उठ्न थालेको छ । भारतको तमिलनाडू राज्यमा नेपाली ब्राण्डको चाउचाउ वाइवाइमाथि समेत प्रतिबन्ध लगाइएपछि नेपाली चाउचाउहरु पनि तिनीहरुको गुणस्तरीयतालाई लिएर शंकाको घरामा पर्न थालेका हुन् । तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै वाइवाई एक्सप्रेस नुडल्स, रिलाइन्स सेलेक्ट नुडल्स् र स्मिथ एन्ड जोन्स चिकेन मसला नुडल्समाथि प्रतिबन्ध लगाएको हो । तमिलनाडूकी मुख्य मन्त्री जयललिताको निर्देशनमा खाद्य सुरक्षा कमिस्नरले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा तीन महिनाका लागि प्रतिबन्ध गरेको हो । स्थानीय सरकारले तीनवटै चाउचाउमा आवश्यकताभन्दा बढी अजिनो मोटो र शिशा भेटेपछि...

Read More

महिनामै करोड कमाउँछिन् अष्ट्रेलियाकी ८ वर्षीया बालिका

एजेन्सी । आठ वर्षीया बालिकाको मासिक आम्दानी कति होला ? सामान्यतया आर्थिक उपार्जन गर्नेभन्दा पनि यो उमेर परिवारको भरमा चल्ने उमेर हो । तर,अचम्म ,अष्ट्रेलियाको क्विन्सल्यान्डमा बस्दै आएकी आठ वर्षीया बालीका चार्लीले भने प्रति महिना एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेकी छिन् । ती बालीकाले युटुवको सहायताले मासिक एक लाख २७ हजार डलर आम्दानी गर्दै आएकी हुन् । निक नाम चार्ली रहेकी ती बालिकाको पुरा नाम मिनी मार्था स्वीवर्ट हो । उनी केक, पेस्ट्री र क्यान्डी बनाउन मन पराउँछिन् । तीन वर्ष पहिले अविभावकको सहायताले युटुबमा एकाउन्ट बनाएकी उनले उक्त एकाउन्टको नाम चार्लीज क्राफ्टी किचन राखेकी थिइन...

Read More

सबैलाई रुवाए ५ वर्षीय बालकले

बच्चाहरु साक्षात ईश्वर हुन् भनिन्छ । उनीहरुको अवोधपनमा पाइने निश्चलताले गर्दा पनि त्यसो भनिएको हुनसक्छ । अलबामामा एक पाँच वर्षीय बालकले गरेको हर्कतले अझ यो कुराको पुष्टि गर्दछ । जुसिया डन्कन नामक पाँच वर्षीय बालकलाई लिएर उनकी आमा एउटा फाष्टबुड रेष्टुराँमा खानेकुरा खान गएकी थिइन् । उनकी आमा अभा फाउल्कले ती बालकलाई वाफल हाउस नामक रेष्टुराँमा खानेकुरा खुवाउँने गरी लगेकी थिइन् । जसै उनकी आमा रष्टुराँको मेनु हेर्दै खानेकुरा अर्डर गर्दै थिइन्,ती बालकले रेष्टुराँ बाहिर एउटा घरवार नभएको मगन्ते व्यक्तिलाई देखे । उसले केही खानेकुरा माग्दै थिए तर कसैले पनि उसको कुरा सुनिरहेको थिएन । त्यो दृश्य देखेर पाँच...

Read More

मान्छेको मासुको परिकार बेच्ने रेष्टुराँमा प्रहरी छापा

नाइजेरियामा एक रेष्टुराँमा मान्छेको मासुका परिकार विक्री गर्ने गरेको खुलासा भएको छ । मान्छेको मासुका परिकार पाउँने जानकारी पाउँने वित्तिकै स्थानीय अधिकारीहरुले तत्काल उक्त रेष्टुराँलाई बन्द गराएको छ । नाइजेरियाको दक्षिण–पूर्वी प्रांत अनमबरास्थित एक रेष्टुराँमा मान्छेको मासुका विभिन्न परिकार ग्राहकहरुलाई दिने गरेका थिए । स्थानीयहरुले यसबारेमा प्रहरीलाई गोप्य सूचना दिएपछि प्रहरीले रेष्टुराँमा छापा मारेको थियो । छापा मार्नेक्रममा प्रहरीले रेष्टुराँको किचनबाट ब्यागमा राखिएको एउटा मानव टाउको समेत बरामद गरेको थियो । अनमबरास्थित उक्त रेष्टुराँमा खाना खाएका एक पादरीलाई खानाको मूल्य तुलनात्मक रुपमा कम पाइएपछि शंका लाग्यो । रेष्टुराँको खानामा केही गडबढी रहेको उनको आशंका थियो । खानाको मूल्य ७...

Read More