Category: परिकार

स्वादिष्ट क्वाँटी बनाउने सजिलो तरिका (भिडियो)

काठमाडौं । नेपाली पर्व जनैपूर्णिमाको दिनमा क्वाँटी खाने चलन छ । क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । आवश्यक सामग्री : नौं किसिमको गेडागुडी गरम मसला, धनियाँ, टमाटर, प्याज घ्यु, जिरा, बेसार, लसुन अदुवाको पेस्ट रातो खुर्सानीको धुलो, नुन विधि : गेडागुडीलाई अघिल्लो दिन भिजाएर राख्नुपर्छ । प्रेसर कुकरमा गेडागुडी राख्ने र त्यसमा पानी राख्नुपर्छ । अब त्यसमा नुन, बेसार र तेल राखेर राम्रोसंग चलाउनुपर्छ । अब त्यसलाई बन्द गरेर दुई देखि तीन सिठी सम्म लगाउनुपर्छ ।...

Read More

स्वादिष्ट खिर बनाउने सजिलो तरिका

काठमाडौं । नेपाली परिकार मध्ये खिर स्वादिष्ट र विशेष परिकार मानिन्छ । विभिन्न धार्मिक, सामाजिक कार्य देखि विशेष दिनमा समेत खिरलाई विशेष परिकारको रुपमा समावेश गर्ने गरिन्छ । खीर पकाउनको लागि आवश्यक सामग्री – चामल (बासमती वा ताइचिन) ः १ कप – दुध ः १ लिटर – चिनी ः १ ठुलो चम्चा – काजु (टुक्रा पारिएको) ः २ सानो चम्चा – नरिवल (टुक्रा पारिएका) ः २ सानो चम्चा – छोकडा (टुक्रा परिएको) ः २ सानो चम्चा – सुकमेल ः २ / ३ पिस – किसमिस ः ६ / ७ पिस – ल्वाङ ः २ / ३ पिस – तेजपात...

Read More

स्वादिष्ट यल्लो लाफिंग बनाउने सजिलो तरिका

काठमाडौं । खानाका सौखिनहरुका लागि लाफिंग मेनुमा रहेको राम्रो विकल्प बनेर आएको छ । साना स्टल देखि रेष्टुरेन्ट सम्ममा पाइने यो लाफिंग घरमा नै बनाएर खान सकिन्छ । घरमा बनाएको लाफिंग स्वादिष्ट साथै स्वस्थकर पनि हुन्छ । यल्लो लाफिंग बनाउनको लागि विधि : मैदाको पीठो मुछ्ने र त्यसलाई एउटा भाँडोमा राख्ने । त्यसलाई एउटा भाँडोमा राख्ने र त्यो भाँडोमा पानी राख्ने । अब त्यो पीठो त्यही पानी भित्र मिच्ने र केही छिन मिचेपछि पानी छान्ने । त्यो पानीलाई नहाल्लाई चार घण्टा राख्ने । अघि मिचेपछिको पीठोलाई राम्रो संग पखाल्ने , निचोर्ने गरेर एउटा भाँडोमा आधा घण्टा छोपेर राख्नुपर्छ ।...

Read More

फ्राइड राइ स्वादिष्ट हुनेगरि बनाउने तरिका ( भिडियो )

काठमाडौं । फ्राइड राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको बासी भातलाई घ्यु वा तेलमा भुटेर खाने चलन छ । फ्राइड राइस त्यसमा अरु केही सामग्रीहरु थपेर नयाँ स्वाद दिइनु हो । फ्राइड राइस बनाउनको लागि आवश्यक सामग्री : सिमी, क्याप्सिकम, हरियो प्याज, प्याज सोया सस, जिरा, खुर्सानी, लसुन, घ्यु हरियो मटर, गाजर विधि : भाँडोमा घ्यु तताउने र त्यसमा जिरा, प्याज, लसुन, खुर्सानी फुराउने । त्यसमा सिमी, मटर, गाजर, क्याप्सिकम राख्ने र केही मिनेट पकाउने । अब त्यसमा भात राख्ने । मिक्स गरेर सोया-सस...

Read More

घरमै यसरी बनाउनुहोस् लोकल कुखुराको छ्वेला

काठमाडौं । जाडो होस् या गर्मी नेपाली जिब्रोले पीरो,अमिलो र मसलालेदार परिकारको अपेक्षा गर्दछ । यस्तो खानेकुराले स्फूर्ति प्रदान गर्ने नेपाली बुझाइ छ । छ्वेला नेपाली जिब्रोले सर्वाधिक मन पराउने परिकारमध्येको एक हो । नेवारी परिकारका रुपमा परिचित छ्वेला अर्थात पोलेको मासु अहिले आम नेपालीको साझा परिकार बनिसकेको छ । अलिकति जाँगर चलायौं भने स्वादिष्ट छ्वेला घरमै तयार पार्न सकिन्छ । आवश्यक सामग्री कुखुराको मासु २ सय ग्राम, अदुवा र लसुन १ सय ग्राम, पोलेको गोलभेंडा २ वटा, छ्वेला मसला ३० ग्राम, कागती १ वटा, जिराको धूलो १० ग्राम, भुटेको तोरीको तेल १ सय मिलिलिटर, मेथी ५ ग्राम, बेसार...

Read More