Category: नेपाल खबर

महँगी र कालोबजारी विरुद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गर्ने

काठमाडौं । सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेको भन्दै विद्यार्थी संगठनहरूले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछन् । भारतले लगाएको नाकाबन्दी र मधेस आन्दोलनका नाममा भइरहेको कालोबजारी र महँगी नियन्त्रका लागि सत्तारुढ र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरूका विद्यार्थीले संयुक्तमा विरोध प्रदर्शन गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सरकारविरुद्ध प्रदर्शनको कार्यक्रम राखिएको नेविसंघका प्रवक्ता यूपी लामिछाने जानकारी दिनुभयो । ‘सरकारले कालोबजारी र महँगीलाई बढावा दिएको हाम्रो ठहर छ’, उहाँले भन्नुभयो, ‘सरकारलाई दबाब दिनका लागि सबै विद्यार्थी संगठनहरूले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हौँ ।’ संयुक्त विद्यार्थी आन्दोलनमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी...

Read More

सरकारको नेतृत्व हत्याउँने काँग्रेसको रणनीति

काठमाडौं । प्रतिपक्षीको भूमिका निभाउँन नसकेको भन्दै आलोचित बन्दै आएको नेपाली काँग्रेस सरकारको नेतृत्व हत्याउँने रणनीतिमै लागेको खुलासा भएको छ । विगतमा गुण र दोषको आधारमा सरकारको आलोचना गर्दै आफ्नो धर्म निभाउने बताउँदै आएको कांग्रेसले पछिल्लो समय आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उदेश्यले सरकार परिवर्तन गर्ने रणनीति बनाएको हो । कांग्रेसले नयाँ संविधान कार्यान्वयनका लागि समेत आफ्नो नेतृत्व आवश्यक रहेको वताउँदै आएको छ। कालोबजारीलाई संस्थागत गरेको, भ्रष्टाचार र महंगीलाई प्रश्रय दिएको तथा न्यायालयलगायत राज्यको महत्वपूर्ण निकायहरुमा पार्टीकरण गर्न खोजेको आरोप लगाइरहेको कांग्रेसले संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनपछि सरकार परिवर्तनतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ । महाधिवेशन सम्पन्न...

Read More

ओली पार्टीको अध्यक्ष बन्न नसकेकोमा एमालेमा चर्काचर्की

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले अध्यक्ष ओलीले गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका थिए। पार्टी चलाउने जिम्मा पाएपनि अध्यक्षले गुटमात्र चलाएको भन्दै सचिव भट्टराईले आलोचना गरेका थिए। उपमहासचिव भुसालले सत्ता र शक्त्किो दुरुपयोग गरेर गुट भेला गरेको भन्दै आपत्ति जनाएको स्रोतले बतायाृे। मदन भण्डारी प्रतिष्ठानका नाउँमा हालै राजधानीमा भएको भेलाप्रति पनि उनले असन्तुष्टि जनाए।...

Read More

कमल थापालाई सरकार छोड्न पार्टीभित्रबाट दबाव

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट चर्को दबाब आएको छ। राप्रपा नेपाल सरकारमा गएपनि एक अंश पनि पार्टीको एजेन्डा सम्बोधन नभएको तथा आन्तरिकरुपमा पार्टिभित्र झन् भाँडभैलो मच्चिएको भन्दै अध्यक्ष थापामाथि सरकारबाट फिर्ता आउन चर्को दबाब दिइएको हो। सुविधा खानका लागि मात्र सरकारमा बस्नुको औचित्य नभएको भन्दै राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले तत्काल सरकार छोडी लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपालको चौथो ठूलो दल हो। राप्रपा नेपालले संघीयताको समेत विरोध गर्दै आएको छ। ‘राप्रपा नेपालको सिद्धान्त...

Read More

सय बढी कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ । पोशाक भत्ता लिएर पोशाक नलगाउने कर्मचारीलाई मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाउन थालिएको छ। सरकारले कर्मचारीका लागि तोकेको ड्रेसकोड नलगाइ कार्यालय आउन थालेपछि सामान्य प्रशासन मन्त्रालयले पोशाक अनिवार्य गर्न कडाइ गरेको हो। सामान्य प्रशासन मन्त्रालयले सुरुमा सवै मन्त्रालयलाई मातहतका कार्यालयमा ड्रेस लगाए नलगाएको अनुगमन गर्न र आवश्यक कारबाही गर्न परिपत्र गरेको थियो। तर उक्त परिपत्रको कार्यान्वयन प्रभावकारी नदेखिएपछि सामान्य प्रशासन मन्त्रालय स्वयंले ड्रेस नलगाउने कर्मचारीलाई सिंहदरबार प्रवेशद्वारमै रोक्न सुरक्षा निकायलाई निर्देशन दिएपछि तोकिएको पोशाक नलगाइ सिंहदरबार छिर्न नपाइने भएको हो। केहि दिन अघि स्वयम् मन्त्री रेखा शर्माको अनुगमनमा १०० बढी कर्मचारीले पोशाक नलगाएको पाएपछि सिंहदरबार...

Read More