Category: नेपाल खबर

पारस शाहकी कान्छी श्रीमती सार्वजनिक

पूर्व युवराज पारस शाहको कान्छी श्रीमती रहेको खुलासा भएको छ । थाइ युवती कन्निका चाइयासर्नले मंगलबार बिहान आफ्नो फेसबुकमा पूर्व युवराज पारस शाहलाई सार्वजनिक रुपमा आफ्नो पति बताएकी हुन् । रातो रङको लुज टिसर्ट लगाएर मोटरसाइकलमा पोज दिएर बसेको पारसको फोटोमुनि उनले लेखेकी छिन् माइ हज्बेन्ड। उनी त नेपालका युवराज हैनन् र ? भन्ने फेसबुक कमेन्टमा उनले अङ्ग्रेजीमा जवाफ दिएकी छिन्, नामको कसलाई मतलब छ र ? यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै माइ वुमन लेखेका थिए। गत वर्ष उनले लेखेका थिए माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन। उनकै कारण म...

Read More

काठमाण्डौलाई पूरानै स्वरुपमा पुन निर्माण गर्न सुझाव

काठमाण्डौ पुन निर्माणका लागि अहिले भएका संरचनालाई आवश्यक्ता अनुरुप परिवर्तन गरी बैज्ञानिक तवरले निर्माणको योजना बनाउनुपर्ने बिज्ञहरुको सुझाव छ । काठमाण्डौको पुननिर्माण गर्दा यहाँका मौलिक कलाहरुको पनि संरक्षण गर्नुपर्नेमा विज्ञहरुको जोड छ । काठमाडौंको पुननिर्माण गरिदा अब बढ्दो शहरीकरणसँगै काठमाणडौमा बढीरहेको बस्तीलाई पनि व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको धारणा छ । बढ्दो जनघनत्वले काठमाण्डौको स्रोतसाधनमा ह्रास ल्याउने भएकोले यसलाई ब्यवस्थापन तत्काल गरिनुपर्ने अर्थविद पीताम्बर शर्माको धारणा छ । भूगर्भविद् रन्जन दाहालले देशको अन्य स्थान र राजधानीबिचको दूरी अनावश्यक ढंगले बढी भएको धारणा राख्नुभयो । राजधानी र अन्य स्थानको दूरी निकै टाढा रहेकोले देश निर्माण र विकासको गतिमा निकै जटिलता र सूस्तता...

Read More

अझै बेपत्ता आफन्तको शव कुर्दै लाङटाङबासी

भूकम्प गएको दुई महिना बित्न लाग्दा पनि लाङटाङ हिमपहिरोमा पुरिएका सयौं अझै बेपत्ता छन् । शनिबारसम्म १ सय ९३ जनाको शव निकालिएको छ । वैशाख १२ को शक्तिशाली भूकम्पसँगै लाङटाङ हिमालको ढिस्को खस्दा ६५ घरपरिवारका सयौं स्थानीय पुरिएका थिए । पुरिएकामध्ये धेरैको शव नभेटिए पनि आफन्तले धार्मिक परम्पराअनुसार काजकिरिया गरिसकेका छन् । तर, तापक्रम वृद्दिसँगै हिउँ पग्लने क्रम बढेकाले शव भेटिने आशा लाङटाङबासीले मारिसकेका छैनन् । हिउँ काट्न र उत्खनन गर्नका लागि आवश्यक स्रोत साधन अभाव भएकाले शव निकाल्न नसकिएको सेनाले जनाएको छ । हिउँ पग्लन थालेसँगै साता अघिबाट नेपाली सेना र स्थानीयले लाङटाङमा शव खोज्ने कार्य जारी राखेका...

Read More

मनकामना मन्दिर शनिवारदेखि खुल्यो

भूकम्पले १२ फिट दक्षिण–पश्चिम दिशातर्फ ढल्केपछि पूजाआजा बन्द भएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा शनिबारदेखि नियमित पूजा आरम्भ गरिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि भत्काउन सुरु गरिएकाले मन्दिर बाहिरै पूजा सुरु गर्न लागिएको हो । यसअघि भक्तजनको सुरक्षालाई ध्यान दिएर मनकामना मन्दिरमा पूजा रोकिएको थियो । परकम्प जाने क्रमः पातलिएसँगै पूजाअर्चनाका लागि भक्तजनलाई खुल्ला गरिएको मन्दिरका मुख्य पुजारी इन्सानबहादुर थापाले जानकारी दिनुभयो । मन्दिर परिसरमा देवी थापना गरेर पूजाअर्चनाको व्यवस्था मिलाइने छ । मन्दिरभित्र रहेको देवीको प्रतिमूर्ति बाहिर लगेर चौतारामा स्थापना गरी पूजाअर्चना सुरु गरिने छ । मन्दिर परिसरमै बोकाको बलि दिने व्यवस्था पनि मिलाइने छ । मनकामना...

Read More

एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ। ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा शुक्रवार मात्र सरेका श्रेष्ठलाई बिजुली मिलाउने क्रममा राति सवा नौ बजे करेन्ट लागेको थियो। अल्का अस्पताल पुर्‍याइएका उनलाई मृत घोषित गरिएको थियो। ४९ वर्षीय श्रेष्ठकी पत्नी निलु श्रेष्ठ, एक छोरा र एक छोरी छन्। नेपाली फुटबल जगतको प्रख्यात क्लब थ्री स्टारका अध्यक्ष पनि थिए। ललितपुर जिल्लामा ए डिभिजनका तीन क्लब भए पनि थ्री स्टारलाई मात्र ललितपुरको भान पर्ने गरी यसको ख्याति उचाल्नुमा श्रेष्ठको व्यवस्थापकीय क्षमतालाई नै मुख्य मानिन्छ। २०४३ सालदेखि थ्रीस्टारमा आवद्ध श्रेष्ठ तीन पटक यसका अध्यक्ष चुनिएका थिए। भ्रष्टाचारको...

Read More