Category: नेपाल खबर

लगातारको वर्षाले देशैभरका जनजीवन प्रभावित, १५ बढीको मृत्यु,सयौं घर डुबानमा

काठमाडौ । देशभरी भारी बर्षाले जनजीवन प्रभावित भएको छ । पूर्वी नेपाल र तराईका जिल्ला जलमग्न भएका छन् भने पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ । गुल्मी, मकवानपुर, प्युठान, पाल्पा, सुनसरीलगायतका जिल्लामा पहिरोमा परी दर्जन बढीले ज्यान गुमाएका छन् । प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको...

Read More

पासाङल्हामु राजमार्ग अवरूद्ध

रसुवा । पहिरो खसेर पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । सोमबार रातिदेखि परेको पानीका कारण खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । तर सडक खुल्न केही समय लाग्ने उहाँले बताउनुभयो । वर्षा सुरू भएसँगै यो राजमार्गमा दैनिकजसो सडक अवरूद्ध हुने गरेको छ...

Read More

वागमतीमा आएको बाढीले काठमाडौंका ३ सय घर डुबानमा

काठमाडौं । सोमबार रातिदेखि परेको पानीका कारण काठमाडौंका ३ सय घर डुबानमा परेका छन् । काठमाडौंको टेकुको वंशिघाटमा रहेको सुकुम्बासी बस्ती र बल्खुको सुन्दरीघाटका बस्ती डुबानमा परेको हो । डुबानमा परेका बस्तीका सुकुम्बासीलाई सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । रातिदेखि परेको ठूलो वर्षाका कारण बागमती नदीमा बाढी आएको छ । यस्तै काठमाडौं उपत्यकाका धेरै सडकमा पानी जम्दा हिँडडुलमा नै समस्या भएको यात्रुले बताएका छन्...

Read More

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिबाट दलहरुलाई सात दिनको समयसीमा

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले सहमतीय सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आव्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको लागि दलहरुलाई आव्हान गर्नुभएको हो । सरकार गठनका लागि आव्हान गर्नु अघि राष्ट्रपतिवाट बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो । सहमतिय सरकार गठनको आव्हान गर्नुअघि उहाँले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शीतल निवासमा छलफल गर्नुभएको हो...

Read More

सरकारको नेतृत्वको विषयमा काँग्रेसमा किचलो शुरु,चार नेता आकंक्षी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अब बन्ने सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा किचलो हुने देखिएको छ । उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्वमा जानेमा चार जना आकांक्षी देखिएका छन् । मूलतः विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीको नाममा छलफल भइरहेको बताइएको छ । ओली सरकार ढाल्न आन्तरिक र बाह्य समर्थन जुटाउन मुख्य भूमिका खेलेका कारण निधीको दाबी बलियो रहेको स्रोतको दाबी छ । तर, उहाँले उपसभापतिमा पनि आफ्नो बलियो दाबी कायम राख्नुभएको छ । देउवा गोपालमानलाई संसदीय दलको उपनेता र सरकारमा नेतृत्व दिएर सभापति देउवा अन्तिमपटक अवसर दिन इच्छुक रहेको चर्चा पनि कांग्रेस वृत्तमा...

Read More