Category: नेपाल खबर

नेपालमाथिको हेपाहा दृष्टिले भारत एक्लिएको ओलीको दाबी

काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्काे आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गर्नुभएको छ । मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई अघोषितरुपमै भारतले फिर्ता लिएको उल्लेख गर्नुभएको हो । ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तराष्ट्रिय जगतको व्यापक आलोचना आफ्नै देशभित्रको चर्काे दबाब, मधेस आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटायो।’ कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप वाञ्छनीय नहुने भन्दै ओलीले संविधान जारी...

Read More

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज हुँदैछ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल आकंक्षी देखिएपछि चुनावी प्रक्रियामा जान लागेको हो । उम्मेदवारी दर्ताका लागि विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ः३० बजे दरखास्तउपर दाबी विरोध र १ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ः ३० देखि २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । अपराहृन २ बजे दलको नेताका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । मतदान भने चैत...

Read More

एसएलसीका दर्जनौं विद्यार्थी र शिक्षक झाडापखलाबाट विरामी

जाजारकोट । जाजरकोटको सदरमुकामबाट पैदल दुई दिन टाढा पश्चिमी क्षेत्र दसेरास्थित एसएलसी परीक्षा केन्द्रमा तीन दिनयता झाडापखालाको संक्रमण फैलिँदा जाँच दिइरहेका सात दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक विरामी परेका छन् । जनप्रिय उच्च मावि केन्द्रमा फैलिएको प्रकोपले परीक्षा अवधिभरमा एकै विद्यार्थीलाई ३÷४ पल्टसम्म पखाला लाग्ने गरेको छ। पखालाबाठट शिक्षक र परीक्षार्थी विरामी परेपछि परीक्षासमेत प्रभावित भएको छ। यो परीक्षा केन्द्रबाट रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्चमावि सीमाका गरी ५ सय २१ विद्यार्थीले एसएलसी दिइरहेका छन्। विरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको दसेरा स्वास्थ्य केन्द्रका अहेब विष्णु...

Read More

उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बन्धक

काठमाडौं । अस्पतालको उपचार खर्च तिर्न नसक्दा एक नेपाली अस्पतालमै बन्दी जीवन विताउँन बाध्य भएका छन् । गत असार १ मा कारको ठक्करबाट घाइते भएपछि मलेसियाको राजधानी क्वालालम्पुरस्थित मलाय अस्पतालमा उपचाररत रसुवा भोर्ले–६ रुप्सेनीका गोविन्द न्यौपाने उपचार खर्च तिर्न नसेका कारण अस्पतालमै बन्धकजस्तो बनेका छन् । करिब ११ अर्ष अगाडि मलेसिया गएका न्यौपानेको उपचार खर्च करिब ३५ लाख रुपैयाँ पुगेको बताइएको छ । पछिल्लो केही समययता भिसा अवधि सकिएपछि पनि स्वदेश नफर्किएपछि गैरकानुनी कामदार बनेका कारण उनको उपचार खर्चमा समस्या भएको न्यौपानेकी श्रीमती रोशनीले बतनाइन् । सरकार र सहयोगीले पहल गरिदिए श्रीमानलाई नेपाल ल्याउन सकिने भन्दै उनले सहयोगका लागि...

Read More

गुगलले तालिवानको एप्लिकेशन प्ले स्टोरबाट हटायो

एजेन्सी । गुगलले बिद्रोही संगठन तालिबानको एन्ड्रोइड मोबाइल एप्लिकेशन प्ले स्टोरबाट हटाएको छ । यो एप अप्रिल एक अर्थात चैत २० गते सार्वजनिक भएको थियो । तालिवानको मोबाइल एप अलमाराहमा रहेका सामग्री पश्तो भाषामा छन् । यो एप तालिवानको गतिविधिसँग जोडिएको अफगानिस्तानको एक बिद्रोही समूहले बनाएको थियो । यसमा भिडियो पनि छ । सार्वजनिक भएको केही समयपछि नै एप प्ले स्टोरमा देखिएको थिएन । समूहले यसलाई प्राविधिक कारण भनेको थियो । यो जानकारी अमेरिकामा रहेको बिद्रोही गतिविधिमा निगरानी गर्ने संगठन इन्टेल ग्रुपले दिएको थियो । तर यो एपलाई प्ले स्टोरबाट हटाउनुको कारण गुगल एपको नीतिको उल्लंघन गर्नु रहेको छ...

Read More