Category: नेपाल खबर

प्रचण्डको ज्यानलाई खतरा

काठमाडौं । काँग्रेससँग मिलेर गठबन्धन सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्यानमाथि खतरा रहेको एक नेताले दाबी गरेका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यस्तो दाबी गर्नुभएको हो । न्यूज २४ टेलिभिजनको एक कार्यक्रममा विहीवार बोल्दै अध्यक्ष विजुक्छेले अहिलेको सत्ता परिवर्तनको खेल पूरै भारतको डिजाइनमा भएको पनि बताउँनुभयो । भारतले आफ्नो स्वार्थ पूरा गर्न गोटीस्वरुप प्रचण्डलाई अगाडि सारेको उहाँको दाबी थियो । त्यसैले भारतको खिलाफमा गए प्रचण्डमाथि ज्यानकै खतरा हुनसक्ने उहाँको कथन थियो । द्धन्द्धकालमा भारतले नै शरण दिएकोले त्यसको ऋण असुल गर्न भारतले प्रचण्डलाई गोटी बनाएको विजुक्छेको दाबी छ ।...

Read More

भूकम्प पीडितको पुनर्निर्माणको रकम जथाभावी नबाँड्न दातृ निकायको अपिल

काठमाडौं । प्रमुख दातृ निकायहरुले भुकम्प पछिको नेपालको पुर्ननिमाणमा चासो देखाएका छन् । नेपालको प्रमुख दातृ निकायहरुले भुकम्प पिडितहरुलाई कार्यबिधि बिपरित केही सांसदहरुले माग गरेको अनुदान रकम दिने कु्राप्रति आपत्ति जनाएको छ । बिश्व बैंक लगायतका अधिकांस मुख्य दातृ निकायहरुले केही सांसदहरुले गरेको मागप्रति आपत्ति जनाएका हुन । भुकम्प पिडितहरुलाई दिने भनिएको रकम मापदण्ड र कार्य बिधि अनुरुप प्रदान गर्न दाताहरुले माग गरेका छन । नेपालको प्रमुख दातृ निकाय बिश्व बैक, एशियाली विकास बैक, बेलायती सहयोग नियोग डिएफआइडी,जाइका, युएसएड, युरोपियन युनियन, स्वीजरल्याण्ड जस्ता दातृ निकायहरुले भुकम्प पिडितहरुको आवास निमार्ण गर्नको लागि पुर्न निर्माण प्राधिकरणले शुरु गरेको कार्यबिधि अनुरुप नै...

Read More

धनकुटा दुर्घट्नामा मृतक संख्या १३ पुग्यो

धनकुटा । तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै आज अपरान्ह भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । ३२ जना घाइतेको धनकुटा र धरानका अस्पतालमा उपचार हुदैं छ । ज्यान जानेमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा पनि हुनुहुन्छ । मृतक मध्ये फुलेकका होमा पौडेल, सनम तामाङ, परेवादिन धनकुटाका तारा बस्नेत, रेखा बस्नेत, अतिमाया तामाङ र धरानका जप्रकाश अग्रवालको सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन । संखुवासभाको मुढशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दुर्घट्नामा परेको हो । बस सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो...

Read More

सहमतिको सरकार निर्माणका लागि प्रचण्डलाई जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त बैठकले तीन वटा निर्णय गरेको छ । बुधबार विहान सिंहदरबारमा सम्पन्न बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं भावी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न जिम्मेवारी पनि सुम्पेको छ । प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा स्थानीय तहको संरचना अझ बैज्ञानिक र प्रभावकारी बनाउन आयोगलाई सहयोग गर्ने र त्यसको निम्ति प्रमुख राजनीतिक दलहरूसँग परामर्श गर्ने, राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति माओवादी अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरूसँग परामर्श गर्ने र आगामी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने निर्णय भएको छ । यो निर्णयसँगै अब माओवादी अध्यक्ष प्रचण्ड सबैलाई मिलाउन दिनरात सक्रिय हुनेछन्...

Read More

बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ११ न्यायाधीशहरुमध्ये सुनुवाइ हुन बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ सुरु भएको छ । व्यवस्थापिका संसद अन्तरर्गतको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सुनुवाइ हुन बाँकी पाँच न्यायाधीशहरुको सुनुवाइ अहिले चलिरहेको छ । यसअघि हिजो न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भएको थियो। न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदका लागि पुनरावेदन अदालतका सात र चारजना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय सुनुवाइ रोकिएको...

Read More