Category: नेपाल खबर

काठमाडौंमा ‘पागलहरु’को प्रदर्शन हुँदै

काठमाडौं । भ्रष्टाचार अन्त्य गर्दै स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लागेका डा‍. गोविन्द केसीको अगुवाईमा आज काठमाडौंमा प्रदर्शन हुँदैछ । #‎WalkwithDrKC ‪#‎IamPaagal ‪#‎IamwithDrKC अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन हुन लागेको हो । बिहान ११ बजे माइतीघरमा ‘डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ प्रदर्शन हुन लागेको हो । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १५ दिनसम्म अनसन बसेका डाक्टर केसीले सरकारसँग सहमति भएपछि अनसन तोड्नुभएपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएको भन्दै अब खाएरै लड्ने दिन सुरु भएको बताउनुभएको छ...

Read More

विजयकुमार गच्छदारका विषयमा काँग्रेस माओवादीमा विवाद

काठमाडौं । विजयकुमार गच्छदारलाई नयाँ सरकारमा सहभागी गराउँने विषयमा काँग्रेस माओवादीबीच विवाद भएको छ । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको हो । ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको हो । प्रचण्डले बिहीबारको छलफलमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । कांग्रेसले फोरम लोकतान्त्रिलाई...

Read More

सप्तरीबासीसँग पछि हट्यो भारत

काठमाडौं । सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ । शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो । भारतीय पक्षले बिहीबार एकतर्फी रुपमा दशगजा मिचेर तटबन्ध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथि आक्रमण गरिएको थियो । आक्रोशित नेपालीले भारतीयले बनाएको तटबन्ध भत्काएका थिए । त्यसपछि भएको झडपका क्रममा १२ घाइते भएका छन् । तीन मध्ये ६ जनाको टाउँको फुटेको छ। बिहीबार अबेर राति त्यहाँबाट भारतीय र नेपाली पक्ष दुवै गएपछि स्थिति सामान्य भएपनि शुक्रबार बिहानैबाट भारतीय पक्षले पुनः तटबन्ध...

Read More

मधेसी मोर्चाले यस्तो निर्णय गर्यो

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुन्जेल स्थानीय निकाय पुनःसंरचना आयोगको काम रोक्न माग गरेको छ । मोर्चाको शुक्रवार काठमाडौंमा बसेको बैठकले सीमाङ्कन तथा सङ्घीयताको टुङ्गो नलाग्दासम्म स्थानीय निकाय पुनःसंरचना आयोगले गर्ने कार्यको औचित्य नरहने ठहर गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । बैठकले नयाँ प्रधानमन्त्रीको उम्मेदवारलाई मतदान गर्ने वा नगर्ने विषयमा शनिबार नेपाली काँग्रेसका सभापति तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसँग औपचारिक छलफलपछि निर्णय लिन सैद्धान्तिक सहमति दिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा केही निर्णय नभए पनि मोर्चाले राख्दै आएका माग पूरा भएमा त्यसमा सकारात्मक हुने महासचिव सुमनले बताउनुभयो...

Read More

एमालेले बाढी पहिरो पीडितलाई २५ हजार सहयोग दिने

काठमाडौँ । नेकपा एमालेले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई पार्टीको ‘प्राकृतिक विपत्ति राहत कोष’बाट रु २५ हजार आर्थिक सहयोग दिने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा बैठकले पीडितको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्का सदस्य तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा भएकाबाट प्रतिव्यक्ति पाँच हजार ‘प्राकृतिक विपत्ति राहत कोष’मा सहयोग गर्ने निर्णय पनि गरेको जनाइएको छ । साथै बैठकले कोषमा आर्थिक सहयोग गर्न देश तथा...

Read More