Category: नेपाल खबर

ट्रम्प राष्ट्रपति भएपनि अमेरिकामा रहेका नेपालीलाई असर नगर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय र यसको व्यवस्थापनबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री दाहालले सबैसँग सहमति जुटाएर संविधान कार्यान्वयन गर्न सरकार लागेको बताउनुभएको थियो । नेपालको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक रहेको भन्दै दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने पनि प्रष्ट पार्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति चुनाव र त्यहाँ रहेका नेपालीहरुको भविष्यबारे अमेरिकी राजदूतसंग चासो राखेको दाहालको...

Read More

पहाड र मधेसलाई फुटाउन खोजिएको एमालेको ठहर,अब देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । विपक्षी दलसँग सम्वाद विना नै एकल ढंगबाट संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै सदन र सडकका जारी आन्दोलन थप देशव्यापी बनाउने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सोमबार बसेको बैठकले संविधान संशोधनको विरोधमा भइरहेको आन्दोलनलाई थप देशव्यापी बनाउने निर्णय गरेको हो । बैठकमा आइतबार बसेको सर्वदलीय बैठकमा सरकारले संशोधन प्रस्ताव फिर्ता नगर्ने अडानलाई दोहो¥याएको र प्रस्ताव फिर्ता नहुन्जेल एमालेले पनि आफनो विरोध जारी राख्ने गरि सडक र सदनमा प्रदर्शन गर्ने निर्णय लिएको पार्टी प्रवक्ता योगेश...

Read More

भारतीय राजदूत रेलाई देश निकाला गर्न छानविन शुरु

काठमाडौं । भारतीय राजदूतलाई देश निकाला गर्र्ने विषयमा सरकारले आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ । भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको हो । पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रेका पछिल्ला गतिविधिप्रति आक्रोश पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गर्नुभएको थियो । ‘हेलो सरकार, कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस’, उहाँले ट्विटबाट यस्तो उजुरी गर्नुभएको थियो । आइतबार पत्रकार लुइटेलले गर्नुभएको ट्विटलाई हेलो सरकार डेस्कले कारवाही प्रक्रिया अघि बढाउँदै परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको हो । ४४१४ चलानी नम्बर भएको पत्र परराष्ट्रलाई...

Read More

बाबुरामको नयाँ शक्तिलाई मधेसवादीको साथ

काठमाडौं । गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने बताइएको छ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव भण्डारी र महेन्द्र यादवबीच विभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ । भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो । ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब(करिब सहमति भएको छ, संविधान संशोधन हुन अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने । Are you Planing to Study in Australia ?...

Read More

संशोधन विधेयकमा दलहरुको आ आफ्नै अडान यथावत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशको माग सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने भएकाले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनुपरेको बताउनुभएको छ । उहाँले संविधानलाई कार्यान्वयनको प्रक्रियामा लैजान आएको संशोधन विधेयकमा सहयोग गर्न संसदमा सहभागी दलहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको आह्वानमा आइतवार साँझ बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले भने संविधान संशोधनको विधेयक फिर्ता गर्नुपर्ने अडान कायम दोहोर्याएका थिए । । तर मधेशको माग सम्बोधनका लागि संशोधन विधेयक परिमार्जन गर्न सरकार सकरात्मक रहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपतिले सबै दलहरुबीचको तिक्तता हटाउन बेलाइएको बैठकमा संशोधनको...

Read More