Category: नेपाल खबर

आज माघेसंक्रान्ति

काठमाण्डौ । आज माघेसंक्रान्ति अर्थात माघ महिनाको प्रथम दिन हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्वका साथै मनाईने गरिन्छ । आज देवघाट, काभ्रेको पनौती, गुल्मीको रुरु लगायतका स्थानमा ठूलो मेला लाग्ने गर्दछ । आजको दिन तिलको विशेष स्थान छ ।  तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका...

Read More

१०६ बिघा सरकारी वन, व्यक्तिको नाममा

रौतहट । कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन् । जिलला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको छ । नापी विभागको आदेशअनुसार जिल्ला नापी कार्यालयले वनको जग्गालाई १ देखि २३ सम्म कित्ताकाट गरी जग्गाधनी स्रेस्ताका लागि २०७२ साल चैत ८ गते मालपोत कार्यालयमा पेस गरेको थियो । मालपोतले स्वीकृति जनाएपछि वनको जग्गा विभिन्न २६ जना व्यक्तिको नाममा दर्ता भएको नापी कार्यालयमा अभिलेख...

Read More

१ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता

रौतहट। कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन् । जिलला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको छ । नापी विभागको आदेशअनुसार जिल्ला नापी कार्यालयले वनको जग्गालाई १ देखि २३ सम्म कित्ताकाट गरी जग्गाधनी स्रेस्ताका लागि २०७२ साल चैत ८ गते मालपोत कार्यालयमा पेस गरेको थियो । मालपोतले स्वीकृति जनाएपछि वनको जग्गा विभिन्न २६ जना व्यक्तिको नाममा दर्ता भएको नापी...

Read More

स्वस्थानी ब्रत आजदेखि सुरु

काठमाण्डौ। हिन्दु धर्मालम्बीले, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता...

Read More

निजामतीमा उमेर हद ६० वर्ष

काठमाण्डौ । सरकारले निजामती कर्मचारीको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पु¥याउने अन्तिम तयारी गरेको छ। निजामती कर्मचारीको पदावधी बढाउन सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन प्रक्रिया अघि बढाएको हो। सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा परामर्शका लागि लोकसेवा पठाउने निर्णय भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संशोधनको विषय परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए। सरकारले एउटै किसिमको सेवामा फरक – फरक उमेर हद देखिएकाले एकरुपता बनाउन पदावधी बढाउन लागेको जनाएको छ। सामान्य प्रशासन मन्त्री मन्त्री केशवकुमार बुढाथोकीले एकै प्रकृतिका...

Read More