Category: नेपाल खबर

व्यापारीको सुन लुट्पाटमा प्रहरी नै संलग्न

काठमाडौं । विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो । पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए । साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए । साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रमावकारिताको सफल...

Read More

एमाले निर्वाचनको तयारीमा जुट्ने

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) निर्वाचनको तयारीमा जुट्ने भएको छ । सरकारले संविधानसभाबाट जारी संविधानको व्यवस्थाअनुसार निर्वाचनको योजना तय गरेपछि एमाले त्यसमै केन्द्रित हुन लागेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले सरकारले तय गरेको संविधान कार्यान्वयन कार्ययोजनाको स्वागत गर्दै त्यसको कार्यान्वयनका लागि पूर्णरूपमा सहयोग गर्ने निर्णय पनि गरेको छ । संविधान कार्यान्वयन कार्ययोजनाको स्वागत गर्दै तीनै तहको निर्वाचनमा ध्यान केन्द्रित गर्ने निष्कर्षमा पुगेका पार्टी सचिव भीम आचार्यले बताउँनुभयो । सरकारले बिहीबार मात्रै मंसिर महिनामा स्थानीय, ०७४ वैशाखरजेठसम्ममा प्रदेश र ०७४ मंसिरसम्ममा...

Read More

यूरोकपमा आयरल्याण्डमाथि बेल्जियमको शानदार जीत

काठमाडौं । बेल्जियमले फ्रान्समा जारी यूरोकपमा पहिलो जीत हात पारेको छ । शानिवार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डमाथि ३–० गोलको शानदार जीत निकाल्दै बेल्जियमले नकआउट चरणमा प्रवेशको सम्भावनालाई जीवितै राखेको हो । बेल्जियमको जीतमा लुकाकुको दुई गोलको योगदान रह्यो । युरो कपमा पहिलो जित हात पारेसँगै बेल्जियमको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ भने स्वीडेनमाथि दबाव बढेको छ । बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाटै बेल्जियम हावी भयो । ४८ औं मिनेटमा लुकाकुले गोल गरे । उनले केभिन डी ब्रुयनेको पासमा गोल गरेका हुन् । र, युरो २०१६ मा बेल्जियमको यो...

Read More

एमालेले सात वटा प्रदेशस्तरीय कमिटी बनाउने

काठमाडौं । नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । यसबारेमा एमालेले आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने भएको हो । गत जेठ २४ गते बसेको स्थायी समितिको बैठकले प्रदेश संगठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय संगठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो । प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बताइएको छ । यसअघि...

Read More

छानबिन आयोगमा उजुरी गर्नेहरुद्धारा सुरक्षाको माग

काठमाडौं । सशस्त्र द्धन्दका बेला बेपत्ता व्यक्ति छानबिन आयोगमा उजुरी गर्नेहरुले असुरक्षाको महसूस भएको बताएका छन् । उजुरीपछि आफूहरुमाथि धम्की र दबाब आएको भन्दै उनीहरुले आयोगसमक्ष सुरक्षाको माग गरेका छन् । आयोगका अनुसार राज्यको आंकडाभन्दा ज्यादा उजुरी परेको छ । अहिलेसम्म देशभर दुई हजार चार सय १७ जना बेपत्ता भएका परिवारका सदस्यले आयोगमा उजुरी दिएको आयोगले जानकारी दिएको छ । तर उजुरीकर्ताहरु स्वयं अहिले आएर आफूहरु असुरक्षित रहेको भन्दै आयोग समक्ष सुरक्षा माग गरिरहेको आयोगले जनाएका छन् । उनीहरुले आफूहरुले दोषी किटान गरेर उजुरी गरिएकाहरुबाट आफूहरु असुरक्षित रहेको बताएका छन् । यसैबीच असुरक्षित महसुस गर्नेहरुको संख्या बढ्दै गएपछि आयोगले...

Read More

Cake To Nepal

फेसबुक