Category: नेपाल खबर

वैशाख १२ गते बिहानै फेरि भूकम्पको धक्का महसुस

काठमाडौं । शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेको बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको साल्मे गाउँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले तिब्बतको केही भाग र नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा सामान्य धक्का महससुस भएको थियो । ठीक एक वर्षअघि बिहान ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा नेपालमा करिब साढे आठ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो...

Read More

ओली सरकारको भोज भतेरमा ३ करोड खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नहुँदै आधा दर्जनभन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई खाजा, भोजलगायत खर्च (विविध शीर्षक) का लागि एक करोड ५० लाख रुपैयाँ दिइएको थियो । प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ । अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निकासा दिएको हो...

Read More

मरेपछि १८ लाख भ्रष्टाचार !

काठमाडौं । सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो भुक्तानी दिएर, नक्कली औंठाछाप लगाएर र लगतकट्टा नगरी हिनामिना गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७१-७२ को लेखापरीक्षण गर्दा १८ गाविसमा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको हो । महालेखाले मुस्ताङ, तेह्रथुम, धादिङ, सोलु, अर्घखाँची, कञ्चनपुर, रौतहट र सल्यानका १८ गाविसमा मृत्यु भएका, लगत नभएका र बसाइँ सरेकाको नाममा भत्ता निकासा भइरहेको फेला परेको छ । ती गाविसमा नमूना लेखापरीक्षण गर्दा १८ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ...

Read More

कर नतिर्नेको घर अगाडि फोहोर लगेर थुपरिने

काठमाडौं । वीरगन्ज उपमहानगरपालिकाले कर नबुझाउने ठूला घरानाका करदाताहरुबाट कर असुलीका लागि विशेष अभियान सञ्चालन गरेको छ । विशेष गरी मालपोत, घरजग्गा कर र एकीकृत सम्पत्ति कर नतिरेका करदाताहरुलाई उपमहानगरपालिका कार्यालयले नगरबाट संकलित फोहोर उपहार दिई कर असुल्नका लागि दबाब सिर्जना गरेको हो । बक्यौता कर नतिरेको भन्दै उपमहानगरपालिकाले करदाताहरुको घरअगाडि फोहोर थुपार्ने गरेको छ। कर्यकारी अधिकृत विष्णु कोइरालाले कुकुर, गाई र विरालाको सिनो पनि ल्याएर थुपारिदिने चेतावनी करदाताहरुलाई दिएका छन् । कार्यकारी अधिकृत कोइरालाले लामो समयदेखि कर नतिरेका सरकारी कार्यलय, संस्थान, संघसंस्थालगायत सबै करदातालाई पहिलो चरणमा फोहोर उपहार दिने बताए...

Read More

जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा प्रचण्डले लिने

दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने उनले बताए । सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै उनले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने बताए । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’उनले भने, ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी...

Read More