Category: नेपाल खबर

समाचारका हेडलाइनले गुटबन्दी गराएको ओलीको तर्क

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दावी गर्नुभएको छ । एक सातासम्म चलेको केन्द्रीय कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सञ्चारमाध्यमहरुमा आए जस्तो पार्र्टीिभत्र कुनै गुटबन्दी नरहेको बताउँनुभयो । पार्टीभित्र भत्र कुनै गुटबन्दी नरहेको र गुटबन्दी आवश्यक पनि नरहेको भन्दै प्रधानमन्त्री ओलीले यसबारेमा केन्द्रीय समिति वैठकमा सदस्यहरुबीच वहस र छलफल हुनु स्वभाविक रहेको बताउँनुभयो । प्रधानमन्त्री ओलीको अर्को असन्तुष्टी राष्ट्रिय पुननिर्माण प्राधिकरणको चाहिने भन्दा बढी आलोचना गरिएको भन्नेमा थियो । ‘८ लाख घरहरु भत्किएका छन् तिनको पुननिर्माण सजिलो छैन भनेजति ज्यामी डकर्मी पाइएको छैन त्यसैले सोचेजति...

Read More

नेपाल र नामिबियाबीचको खेल हेर्न प्रधानमन्त्री ओली त्रिवि मैदानमा जाने

काठमाडौं । नेपाल र नामिबियाबीचको खेल अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि मैदान कीर्तिपुरमा आउँनुहुने भएको छ । खेलाडीहरुको मनोबल बढाउँन प्रधानमन्त्री ओली खेल मैदानमा आफैं जान लाग्नुभएको हो । केही समय अघि काठमाडौंमै भएको अण्डर नाइन्टिन फुटबलको फाइनल भिडन्तमा नेपाली टोलीको मनोबल बढाउँन प्रधानमन्त्री ओली पुग्नु भएको थियो । त्यही खेलबाट नेपालले २२ वर्षदेखिको उपाधि खडेरीको अन्त्य गरेको थियो...

Read More

अपहरणको नाटक गरि बाबुसँग पाँच लाख माग्ने युवा पक्राउ

काठमाडौँ । अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख माग गर्ने एक युवा पक्राउ परेका छन् । सिरहा घर भई विराटनगरमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै गरेका १९ वर्षीय कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका हुन् । विराटनगरको एक गेस्टहाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ । कृष्णकुमारले आफू अपहरणमा परेको र तत्काल पाँच लाख नदिए ज्यानसमेत लिने धम्की दिँदै घरपरिवार र विदेशमा रहेका आफ्ना बाबुलाई एसएमएस पठाएका थिए । छोरा अपहरण परेको सूचना आएको जानकारी परिवारमार्फत पाएपछि मोरङ प्रहरीले कृष्णले प्रयोग गरेको मोबाइल ट्रेस गरेर खोजी थाल्यो...

Read More

सरकार आफैं ढल्दैछ,काँग्रेसले केही गर्न पर्दैनः कोइराला

चितवन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काल कांग्रेस सरकारमा नजाने प्रष्ट पार्नुभएको छ । चितवनमा शुक्रवार आयोजित कार्यक्रममा उहाँले काँग्रेसलाई सरकारमा जाने कुनै हतार नभएको प्रष्ट पार्नुभएको हो । उहाँले पार्टीको संगठन सुदृढिकरण र भातृ संगठनको अधिवेशन चटारोमा सरकार ढाल्न कांग्रेसलाई फुर्सद नभएको बताउँनुभयो । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ४ ले चितवनको फूलबारीमा आयोजना गरेको बधाई सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बर्तमान सरकार इतिहासकै असफल भएकाले कांग्रेसले केहि नगरेपनि सरकार आफै ढल्ने दाबी गर्नुभयो । नेता कोइरालाले मुलुक अब गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछाडि र्फकन नसक्ने प्रष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओली र...

Read More

सत्तापरिवर्तनको खेलमा नलागौं : भट्टराई

विराटनगर । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारको विकल्प खोज्ने बेला आइनसकेको बताउँनुभएको छ । भ्रष्टाचार नियन्त्रण तथा कालोबजारी रोक्न नसकेको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको नयाँ शक्तिका संयोजक भट्टराईले सरकारलाई काम गर्न दबाब भने दिनुपर्ने बताउँनुभयो । सप्तरीको भारदहमा मधेस जागरण अभियान कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक भट्टराईले सरकारका काम कारबाही सुस्त भएका कारण दबाब दिन आवश्यक रहेको बताउँनुभयो । सरकार परिवर्तन गर्दा फेरि राजनीतिक अस्थिरता हुने भन्दै भट्टराईले सत्तापरिवर्तनको खेलमा नलाग्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प नभएको...

Read More