Category: नेपाल खबर

न्याय माग्न प्रहरीकोमा पुगेका पीडित प्रहरीबाटै ठगिए

काठमाडौं । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । परिसरमा वैदेशिक रोजगारसम्बन्धी गठीमा निवेदन दिएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खड्काउपर छानबिन सुरु भएको हो । परिसरका अनुसार तीन महिनाअघि वैदेशिक रोजगार पीडित भएर कुवेतबाट नेपाल फर्किएकी सुनसरीकी सुनिता तामाङसँग अनुचित लाभ लिएको सूचनापछि ज्ञवाली र खड्काविरुद्ध अनुसन्धान सुरु भएको हो। परिसरमा १५ दिनअघि निवेदन दिएकी तामाङलाई कुबेत पठाउने व्यक्तिविरुद्ध मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउनै भन्दै अन्य दुई बिचौलियाको सहयोगमा २० लाख रुपैयाँ असुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।...

Read More

एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने

काठमाडौं । एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदुषण हुनबाट रोकिने भएको छ । गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। बल्खु पुलदेखि सुन्दरीघाटसम्मको क्षेत्रमा आगामी एक वर्षमा ढल राख्ने काम सम्पन्न गरिने भएको छ। बाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्राकारले भने,‘बल्खु पुलदेखि सुन्दरीघाटसम्म हामीले आउने सालको साउनसम्मका सक्छौं, त्यसपछि बाग्मती पूर्ण रुपमा ढलमुक्त हुनेछ।’ नदीका दुवै किनारामा हालसम्म ४० किलोमिटर ढल विछ्याइएको छ। बौद्ध, जोरपाटी हुँदै पशुपति क्षेत्रसम्म बाग्मती ढलमुक्त छ...

Read More

डा गोविन्द केसीका मागबारे सरकार सकरात्मक,शुक्रवार नै अनसन तोडिनसक्ने

काठमाडौं । सरकारी वार्ता टोली र आन्दोलनरत डा. गोविन्द केसीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । मन्त्रीपरिषको बुधवार साँझ बसेको वैठकको निर्णय अनुरसार गठन भएको सचिवस्तरीय वार्ता टोलीले विहीवार नै अनसनरत डा. केसीका मागका बारेमा वार्ता र संवाद प्रारम्भ गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका चार बुँदे माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा बुँदागत रुपमा छलफल भएको छ । वार्तामा नेपाल सरकारको क्षेत्राधिकारमा नपर्ने विषयलाई सम्बन्धीत निकायमा लैजाने विषयमा सहमति भएको सरकारका वार्ता टोलीका संयोजन स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले बताउँनुभयो । सरकारी टोलीले प्रधानमन्त्रीलाई र डा. केसीका प्रतिनिधिले डा. केसीसँग छलफल गरी...

Read More

संसद वैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । बिहीबार ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक २ बजेसम्मलाई स्थगित भएको छ। प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफल पछि सभामुख ओनसरी घर्तीमगरले बैठक २ बजेसम्म स्थगित गर्नुभएको हो । शर्माका अनुसार २ बजे बैठक बस्नुअघि पुन १ बजे प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुखको बैठक छ...

Read More

गच्छादार पनि सरकारबाट बाहिरिने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारबाट हट्ने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको बैठकमा सहभागी एक नेताले बताए। पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठूला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ। कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ। बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले...

Read More