Category: नेपाल खबर

साझा बसमा प्रधानमन्त्री चढ्दछ…

काठमाडौँ । साझा यातायातले आइतबारदेखि सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुडाउन शुरु गरेको छ । उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित अब साझा बसको संख्या ३८ पुगेको छ । सहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला सवारीमार्फत काठमाडौँ उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुविधासम्पन्न ३० वटा बस सञ्चालनको शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीले साझा बसका चालकलाई बसको चाबी हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री दाहाल साझाको बस चढेर पुल्चोकबाट सिंहदरबारसम्म पुगेका थिए । सहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी विशेष सुविधायुक्त...

Read More

आदिबासी जनजातिले मागे दश प्रदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति आन्दोलनका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान बालुवाटारमा भेट गरी बुझाएको ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ । प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यदेश दिई शक्तिशाली आयोग बनाएर सीमाङ्कन लगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने...

Read More

पूर्वराजा ज्ञानेन्द्र खतरनाक षड्यन्त्रमा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’का रूपमा चित्रण गर्दै संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहाल पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनमा गरेको भ्रमण र त्यहाँ भएका छलफलको जानकारी पाएजस्तो गरी प्रस्तुत भएका थिए । उनले भने, ‘ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ, अँध्यारा कोठाहरूमा भइरहेका छलफल प्रतिगामी चलखेल र षड्यन्त्रका रूपमा भइरहेका छन् । संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा लैजान सकेनौं भने राजनीतिक उपलब्धि गुम्ने खतरा छ । राजनीतिक उपलब्धिका लागि हाम्रो योगदान थियो ।...

Read More

प्रधानमन्त्री दाहाललाई काँग्रेसकै डर,संशोधन प्रस्तावमा जोखिम नमोल्ने

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने उसको निष्कर्ष छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी पोलिटब्युरो बैठकमा राजनीतिक रूपमा लाभ हुने गरी मात्र सरकारले संशोधन प्रस्ताव अगाडि बढाउने बताएका छन् । प्रमुख प्रतिपक्षी एमाले विपक्षमा उभिएकाले संशोधन प्रस्ताव अगाडि बढाउन कांग्रेस र मोर्चाको सहमति अनिवार्य भएको उनको भनाइ छ । संशोधनबारे प्रधानमन्त्रीका ५ धारणा यस प्रकार छन् : १ कांग्रेस र मोर्चा पनि एक ठाउँ आएपछि मात्र...

Read More

कमल थापालाई उपप्रधानमन्त्रीको अफर

काठमाडौं । संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्रीको प्रयास छ । प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ । प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो । Are you Planing to Study in Australia...

Read More