Category: नेपाल खबर

नेपालमा शुक्रबार फेरि भूकम्पको धक्का

काठमाडौं । नेपालमा शुक्रबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.२ रेक्टर स्केलको रहेको छ । भूकम्प बिहान १० बजेर ३७ मिनेटमा गएको थियो । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click...

Read More

विरामीको मृत्यु भएपछि ओम अस्पताल तनवग्रस्त

काठमाडौं । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै चाबहिलस्थित ओम अस्पतालमा तनावको स्थिती सिर्जना भएको छ । पाठेघरको समस्या भएर अस्पताल भर्ना भएकी संखुवासभा चैनपुरकी ५३ वर्षीया टंककुमारी न्यौपानेको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले प्रदर्शन गरेका थिए । अहिले ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ । आफन्तहरुले संघन उपचार कक्षबाट मृतकलाई बाहिर निकाल्न दिएका छैनन् । डाक्टर जाहेश्वर गौतमको नेतृत्वको टोली मृतक न्यौपानेको उपचारमा संलग्न थियो...

Read More

प्रधानन्यायाधीसले मनपरी गरेकोमा न्यायाधीस र प्रहरीको असन्तुष्टि

काठमाडौं । राष्ट्रपतिसहित राज्यका प्रमुख उपस्थित राष्ट्रिय कार्यक्रम सर्वोच्च अदालतको फूलकोर्ट (पूर्ण वैठक) बाट पारित नगरिएको भन्दै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशसहित केही न्यायाधीशले असन्तुष्टी जनाएका छन् । सर्वोच्च अदालतको आयोजनामा गत आइतबार ‘महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच’ बिषयक राष्ट्रिय कार्यक्रम भएको थियो । यूएनडिपी अन्तर्गतको गैर सरकारी संस्था ‘रोलर’ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की, सभामुख ओनसरी घर्ती मगर, नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुख, मन्त्री, मुख्य सचिवसहितउच्च पदस्थ व्यक्तिको सहभागिता थियो । यसअघि राष्ट्र प्रमुख उपस्थित हुने यस्तो प्रकृतिको कार्यक्रम पूलकोर्टबाट पारित गराउने प्रचलन थियो । सर्वोच्चका वरिष्ठ न्यायाधीश एवम्...

Read More

राजनीतिक दलहरुलाई कडा थ्रेसहोल्ड राख्न सांसदहरुको प्रस्ताव

काठमाडौं । सरकारले दर्ता गराएको राजनीतिक दलसम्बन्धी विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउँदै थ्रेसहोल्ड राख्न प्रस्ताव गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल तथा सांसदहरू राजेन्द्र पाण्डे, रवीन्द्र अधिकारीलगायतले राखेको संशोधनमा आम निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको वा कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको राजनीतिक दलले मात्रै समानुपातिकतर्फ सिट प्राप्त गर्ने व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ । ‘थ्रेसहोल्डबिना निर्वाचन व्यवस्थापनै कठिन हुन्छ,’ प्रमुख सचेतक ढकालले भने, ‘कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको वा प्रत्यक्षतर्फ एक सिट जितेको भन्ने वाक्यांशले साना दलहरूको माग पनि सम्बोधन हुन्छ ।’ एमालेकै सांसद रामेश्वर फुयालले भने राष्ट्रिय मान्यता प्राप्त दल हुन कम्तीमा...

Read More

मन्त्रीलाई भेट्ने अन्तिम इच्छा पत्र सार्वजनिक गरेकी सन्ध्या शाहीको निधन

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा रहेको पत्र सार्वजनिक गरेकी जुम्लाकी सन्ध्या शाहीको बुधवार निधन भएको छ । बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार भएको जुम्लाका स्थानिय महेन्द्र हमालले जानकारी दिए । सन्ध्याको पत्र सार्वजनिक भएपछि यहि ११ गते मन्त्री थापा उनलाई भेट्न उनको डेरामा गएका थिए । क्यान्सर रोगबाट पिडित उनले अस्पतालहरुमा विरामीलाई गरिने व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्रीलाई पत्र लेखि सार्वजनिक गरेकी थिइन् । भेटमा थापा र शाहीबीच केहि संवाद पनि भएको थियो ।मन्त्री भेट्न जाँदा अनेक पीडाका बीचमा पनि उनले मुस्कराएरै कुरा गरेकी थिइन् । बाचुन्जेल पीडालाई पचाएर मुस्कराएकी सन्ध्याले पीडाका...

Read More