Category: नेपाल खबर

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । मातातीर्थ औँसी, आजका दिन जन्म दिने आमालाई सम्मान गर्दै आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । आमा हुनेहरूले आज आमालाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासु र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । बौद्ध धर्मावलम्बी समेत दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न पुग्छन् । देशका बिभिन्न ठाउँबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् ।...

Read More

टेलिकमको सुविधा : सरकारी वेवसाइट हेर्दा शुल्क नलाग्ने

काठमाडौं । नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ । बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो । सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको छ...

Read More

पर्यटकीयस्थलमा फोहोरमैला

खोटाङ । खोटाङको पर्यटकीय स्थल रुपाकोट डाँडामा व्यवस्थापन अभावमा फोहोर–मैला बढ्न थालेको छ । रुपाकोट, मझुवागढी लगायत पर्यटकीय स्थलमा नसड्ने फोहोर–मैला थुप्रिन थालेको छ । चारैतिरबाट वनजंगलले घेरिएको रुपाकोटको हरियाली चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, पानी, चिसो पेयका खाली बोतल छरिएका छन् । रुपाकोट मझुवा नगरपालिकामा पर्ने रुपाकोट डाँडामा प्लास्टिकजन्य फोहोर–मैला जताततै देखिन थालेको सामुदायिक वन उयभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राइले बताए । विशेष गरी नयाँ वर्ष, उर्धौली लगायतका चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहोर–मैलाका कारण रुपाकोटको प्राकृतिक सुनदरता नै बिग्रिन थालेको स्थानीयको गुनासो छ । एक ठाउँमा फोहोर संकलन गर्ने...

Read More

सुदुरपश्चिमलाई श्रीखण्डमय बनाउने अभियानमा पनेरु

डडेलधुरा । डडेलधुरा भद्रपुरका उज्वलदत्त पनेरु सुदुरपश्चिमलाई श्रीखण्डमय बनाउने अभियानमा जुटेका छन् । उनी अहिले श्रीखण्डका विरुवा घर-घर बाँड्दै हिडेका हुन् । डडेलधुरामा मात्रै ६ सय श्रीखण्डका बोट रोपिसकिएको छ । उनले भने, ‘श्रीखण्डको विरुवा उत्पादन गर्ने नर्सरी स्थापना भएपछि अभियानले सकार रुप लिन्छ ।’ ५ लाख विरुवा उत्पादन गर्ने नर्सरी स्थापनाका लागि काम भइरहेको छ । ‘१५ बर्षमा जिल्लाभर सबैको घरमा १ १ बोट श्रीखण्ड हुर्कनेछन् ।’ उनले भने, ‘धार्मिक पूजा र चन्दनका रुपमा मात्रै होइन घरमा लगाएको श्रीखण्ड आम्दानीको स्रोत समेत बन्नेछ ।’ उनका अनुसार १ रुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । एउटा रुख तयार हुन...

Read More

दुर्व्यसनीमा फस्नेमा स्कुले विद्यार्थी बढी

लमजुङ । बेंसीसहरको सहजी नजिकै ३ स्कुले विद्यार्थी एक महिनाअघि लागूपदार्थ प्रयोग गरिरहेको अवस्थामा स्थनीय सुमित्रा भण्डारीले देखिन् । उनीहरुले संवेदनशील अंगमा सिरिन्ज प्रयोग गरेका थिए । यसअघि पनि उनले पटक पटक स्कुल पोसाकै युवायुवती गाँजा खाइरहेको, सुई हानिरहेको भेटिएको बताइन् । बेंसीसहरकी बुना रिमालका अनुसार स्कुले किशोर किशोरीले गाँजा खाने गरेको अवस्थामा धेरै पटक  भेटिएको बताईन् । स्थानीयका अनुसार स्कुल वा क्याम्पस जान्छु भनेर जाने तर स्कुल, क्याम्स नगई लागूपदार्थ दुव्र्यसनमा फस्ने गरेका धेरै उदाहरण छन् । जिल्ला प्रहरी कार्यालयका निरीक्षक गौरव महतका अनुसार चालु आर्थिक वर्षमा १० जनालाई लागूऔषधसहित पक्राउ गरी मुद्दा चलाइएको छ । Are you...

Read More