Category: नेपाल खबर

मोबाइलको पल्स अवधि घट्यो, ग्राहक फाइदामा

काठमाडौं । टेलिकम क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एटीए)ले मोबाइल पल्स अवधि घटाएको छ । प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मोबाइल तथा टेलिफोन प्रयोगकर्ताले कुराकानी नगरेको समयको पनि पैसा तिर्नुपरेको गुनासो आएपछि पल्स अवधि घटाएर कुरा गरेको अवधिको मात्रै पैसा तिर्ने व्यवस्थासहितको नयाँ पल्स अवधि र रेट निर्धारण गरेको एलटीएले जानकारी दिएको छ । नयाँ पल्स अवधिअनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिने छ । अहिले २० सेकेन्डको एक पल्स हुन्छ । यस अनुसार अहिले मोबाइल...

Read More

गुर्जुधारा दुर्घटनामा दुई जनाको मृत्यु, मर्ने दुवै चालक

काठमाडौं । थानकोटको कलंकी सडकखण्ड अन्तर्गत गुर्जुधारामा भएको सवारी दुर्घटनामा मर्नेको संख्या दुई पुगेको छ । वा१ज ७९६७ नम्बरको ट्याक्सी चालक कान्छा वली लामा र दुर्घटनामा घाइते भे १ ख २४३९ नम्बरको मिनी ट्रक चालक डम्बर पोखरेलको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । दिउँसो ब्रेक फेल भएर कलंकीतर्फ आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकले ट्याक्सी, मिनी ट्रक, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरुको बयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । Are you Planing to Study in Australia ? If yes...

Read More

प्रहरीकै परीक्षामा प्रश्नपत्र आउट !

काठमाडौं । राष्ट्रसंघको आव्हानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टरमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ । राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अँग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षाा सुरु हुनभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो । परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ । परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ ।  नागरिक दैनिकमा समाचार छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill...

Read More

प्रहरीले नै गरे व्यवसायीको अपहरण

काठमाडौं । प्रहरीका अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)द्वय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन् । दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले गत १ माघमा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरेका थिए । अपहरणमा संलग्न सइसहित काभ्रेका अर्जुन कुमार लामा र रुपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले...

Read More

नौ बोरा चिट बरामद

महोत्तरी । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाका विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस फाइल तस्बिर । Are you Planing to Study in Australia ? If yes ,Just...

Read More