Category: नेपाल खबर

बिएएलएलबी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । यसैगरी २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुृचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ...

Read More

छ प्रदेशको सीमांकनसहितको प्रतिवेदन पारित

काठमाडौं । संविधानसभाले संघीय नेपालका लागि छ प्रदेशको सीमांकनसहितको प्रतिवेदन पारित गर्दै पाँच दिन भित्र मस्यौदा तयार गर्ने गरी विद्येयकलाई मस्यौदा समिति समक्ष पठाएको छ । मस्यौदा समितिले जनताका सुझावलाई समेटेर तयार गरेको प्रतिवेदनका आधारमा मस्यौदामा परिमार्जन गर्ने जिम्मेवारी पाएको छ । दुई दिनको छलफल पछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदन पारित गर्दै संविधानसभाले यसलाई मस्यौदा समितिमा पठाएको हो । मस्यौदा समितिलाई पाँच दिनको समय दिइएको छ । मस्यौदा समितिले जनताका सुझावसहित सम्वाद समितिले पठाएका बुँदालाई समेटेर संविधानको विधेयक तयार गर्नेछ भने सम्वाद समितिको प्रतिवेदन पारित भएपछि नयाँ संविधान थप सुनिश्चित बनेको छ । प्रतिवेदन...

Read More

संविधान निर्माणको बाँकी प्रक्रिया छोट्याईने

काठमाडौं । संविधानसभा सचिवालयले संविधान निर्माणको बाँकी प्रक्रियालाई छोट्याउने तयारी आरम्भ गरेको छ । दलहरुको सहमतिमा सचिवालयले नियमित अभ्यासलाई छोट्याउदै संविधान निर्माण कार्यलाई द्रतु गति प्रदान गर्ने भएको छ । मधेसी, दलित, जनजाती, थारु महिला तथा उत्पीडन र पिछडीएका समुदायको प्रतिनिधीत्व गर्दै संविधानसभामा पुगेका सभासद्हरुले पछिल्लो पटक प्रमुख दलका शिर्षस्त नेताहरुले गरेको सहमति प्रति असन्तुष्ट जनाउदै संविधानसभामा प्रश्न उठाएका छन । संघीयताको सिमाङकन गर्दा अपनाइउनु पर्ने न्युनतम आधार पहिचान र  सार्मथ्यलाई उपेक्षा गरिएकोमा उनीहरुको मुख्य बिमती रहेको छ । शनिवार मध्यराति दलहरुबीच भएको सिमाङकनको सहमतिले पून मुलुकलाई एकपटक संघीय तरङगमा पु¥याएको छ । शक्तिमा रहेका नेताहरुको क्षेत्रलाई अखण्ड राखिएको...

Read More

अमेरिकाको ग्रीन कार्डका लागि देश छाडे यी सचिवले

काठमाडौं । अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र)धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे। उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको दिएका थिएनन्। विधेयक समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार भएको छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व गर्नैपर्ने थियो र उनले आफ्नो उपस्थिति ‘कन्फर्म’ पनि गरेका थिए। आइतबारैको राजस्व समीक्षा बैठकमा पनि उनले ‘हुन्छु’ भनेका थिए। निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि उनको सोधीखोजी सुरु भयो। आइप्याड, ल्यापटपलगायतका जिन्सी सामान स्टोरमा बुझाएको थाहा पाएपछि मन्त्रालयमा उनी अमेरिका हिँडेको लख काटियो। मुख्य सचिव सोमलाल सुवेदीले उनले राजीनामा गरेको पुष्टि गरिदिएपछि सहकर्मीको अनुमान सही ठहरियो।राजस्व समूहबाट सरकारी सेवा...

Read More

एम्बुलेन्समा चरेश गाँजा र अपराधी !

काठमाडौं । हुइँहुइँहुइँ… हुइँहुइँहुइँइँइँइँ …! बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिइरहेको थियो। साइरन सुन्नासाथ सडकमा रहेका एकाध सवारीले बाटो छाडिदिए। एम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यतिर लम्कियो। काठमाडौंबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय प्रहरी प्रभागको जाँच चौकी, भक्तपुर, जगातीमा घ्याच्च रोकियो। चौकीमा रहेका प्रहरीले एम्बुलेन्सभित्र सरसर्ती हेरे। ‘कता जान लागेको?’ ‘बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर लैजान लागेको,’ चालकले प्रहरीलाई हत्तपत्त जवाफ दिए। डिस्चार्ज भएका बिरामी आकस्मिक अवस्थामा नरहने अनुमान गर्दै प्रहरीले एम्बुलेन्समा शंकालु नजर दौडाए। एम्बुलेन्सभित्रको बेड बिरामी सुताउने खालको थिएन। प्रभागका प्रमुख इन्स्पेक्टर केशव थेवेसहितको टोलीले बेड राम्ररी हेरे। बेडभित्र बाकसमा...

Read More