Category: नेपाल खबर

निर्वाचनमा ‘साझा पार्टी’ सहभागी हुने

काठमाडौं । साझा पार्टीले बैशाख ३१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठाउने भएको खबर आजको नागरिकमा छ । साझा पार्टी निर्वाचन आयोगमा दर्ता भइनसकेको र दल दर्ता प्रक्रिया स्थगित भएकाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिएको हो । ‘साझा पार्टीको मूल्यमान्यता तथा आदश आत्मसात प्रबद्र्धन गर्ने कुनै पनि नेपालीले स्थानीयस्तरमा सहमति जुटाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीले समर्थन गर्न सक्नेछ’ पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

एटिएम ठगीको नयाँ शैली : अनलाइनबाटै डाटा ह्याक

काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् । दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो । उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल (पिओएस) मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।...

Read More

‘मेलम्चीले जनस्वास्थ्यमा खेलबाड र्गयो’

काठमाडौं । संसदको वातावरण संरक्षण समितिका सदस्यहरूले खानेपानीको पाइपका लागि सडक खन्दा मेलम्ची खानेपानी आयोजनाले वातावरण र जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै अनुगमन गर्न वातावरणलगायत सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । ‘अघिल्लो बैठकले दिएका कुनै पनि निर्देशन मेलम्चीले पालना गरेको देखिन्न,’ वायु प्रदूषणको अवस्थाबारे सोमबार समितिले डाकेको बैठकमा सांसद पुरुषोत्तम पौडेलले भने, ‘५ फिट अग्लो धूलो छेक्ने हरियो कपडा राख्न भनेका थियौं, एक फिटे च्यातिएको कपडाले धूलो छेक्छ ?’ धूलो नउड्ने गरी सडक खन्न, खनिएको सडकमा पानी हाल्न र जतिसक्दो चाँडो पिच गर्न भनिए पनि आयोजनाले टेरपुच्छर नलगाएको उनको गुनासो छ । ‘आयोजनाले अनुगमनमा ध्यान नदिएकाले ठेकेदारले जथाभावी गरिरहेका छन्,’...

Read More

‘९० प्रतिशतले दाँत माझ्न जान्दैनन्’

काठमाडौं । दन्त चिकित्सकहरूले करिब ९० प्रतिशत नेपालीले उपयुक्त ढंगले दाँत माझ्न नजान्ने बताएका छन् । हालसम्म मुलुकमा यसबारे खासै अध्ययन नगरिए पनि उपचारका लागि आएकाहरूको अवस्था हेरेर दन्त चिकित्सकहरू यो आकलनमा पुगेका हुन् । ‘हाम्रो आकलनअनुसार करिब ९० प्रतिशतभन्दा बढी नेपालीलाई उपयुक्त तरिकाले दाँत माझ्न आउँदैन,’ नेपाल दन्त चिकित्सक संघका अध्यक्ष डा. सन्तोषमान राजभण्डारी भन्छन् ।  उनका अनुसार धेरैजसो नेपालीले दाँत सफा गर्नुलाई महत्वपूर्ण माने पनि सही तरिका थाहा नभएर अधिकतम फाइदा लिन सकेका छैनन् । मुलुकमा बालबालिकामा करिब ९० प्रतिशत र वयस्कमा करिब ६० प्रतिशतसम्म दाँत किराले खाने समस्याको एउटा प्रमुख कारण सही तरिकाले दाँत नमाझ्नु हो...

Read More

दक्षिण एसियामा नेपाल तेस्रो खुसी राष्ट्र

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ । विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ । नर्वे संसारकै खुसी राष्ट्र वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको...

Read More