Category: नेपाल खबर

मेलम्ची प्रमुखको राजीनामा माग

मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् । आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’ को धरौटी जफत गरिसक्दा पनि भुक्तानी नदिएको, भुक्तानी माग गरी गरेको प्रदर्शनमा गोली चलाउन लगाएको जस्ता आरोपसहित उनीहरुले कँडेलको राजीनामा मागेका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा दुर्गा लामिछानेले लेखेका छन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

डेंगु संक्रमणबाट फेरि एक जनाको मृत्यु

काठमाडौं । डेंगु संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ...

Read More

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

काठमाडां । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ...

Read More

ओली सरकारको सफलता : भारतबाट पाइपमा आउन थाल्यो पेट्रोलियम पदार्थ

काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलवार उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्नुभयो । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गर्नुभयो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२ किलोमिटर रहेको...

Read More

प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ एक निर्दोषको ज्यानै गयो

सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् । बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । जहाँ ज्यानै गयोः धनुषा हंसपुर नगरपालिकाका प्रमुख–उपप्रमुख विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ गते मण्डलको...

Read More