Category: नेपाल खबर

जुम्लाका सडक दुर्घटनाको उच्च जोखिम

जुम्ला । जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुको घुँइचो लागने गर्दछ । पातारासी गाउँपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासी सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर सहज यात्रा भने उनीहरुले कहिल्यै गर्न पाएका छैनन् । सडक सञ्जालले भरर्खरै छोएको पातारासी गाउँपालिकामा अहिले सामान ढुवानीका लागि ट्याक्टरहरु सञ्चालन हुँदै आएका छन् । जसमध्ये जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाई अहिले अस्थायी रुट कायम गरिएको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अब लाइसेन्सको प्रयोगात्मक परीक्षा निःशुल्क

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुररशुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो । यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो । यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए । ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई निस्शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात...

Read More

अनलाईनमार्फत् विद्युत महशुल भुक्तानी सुरू

काठमाडौं । सरकारले अनलाईनमार्फत् विद्युत महशुल भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याएको छ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सोमबार विद्युतीय अनलाईनमार्फत् विद्युत महशुल भुक्तानी गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो । विद्युत महशुल तीर्न ग्राहकहरुले घण्टौं लाईन बस्नुपर्ने अवस्था भईरहेका बेला सरकारले सो सेवालाई छिटो, छरितो र सहज ढंगले अघि बढाउन अनलाईनमार्फत विद्युत महशुल भुक्तानी गर्ने व्यवस्था गरेको हो । इन्टरनेट सेवा उपलब्ध भएको स्थानबाट तथा मोबाईल फोनमार्फत् यो सेवा लिन सकिने व्यवस्था गरिएको मन्त्री शाहीले बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणलाई प्रविधि मैत्री बनाउँदै लैजाने नीति अन्तरगत अनलाईनमार्फत् महशुल भुक्तानी गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो । सरकारले...

Read More

सोमबार ४ दशमलव ६ रिक्टर स्केलको पराकम्प

काठमाडौं । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखा जिल्लाको जुगु आसपासलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ रिक्टर स्केलनको पराकम्प गएको छ । गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनका कारण दोलखाका साथै रामेछाप, सिन्धुपलान्चोक लगायतका ठाँउमा धक्का महशुस भएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ४ रिक्टर स्केलक माथिका चार सय ८५ पराकम्प गएको केन्द्रको भनाई छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

भिखारी संघको अध्यक्षको घरमा तीन लाख

विराटनगर। डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो । घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट पाँच सय र एक सयको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मगन्तेका रुपमा मण्डलले त्यो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि नोटको बोरा निकाल्न...

Read More