Category: नेपाल खबर

यो वर्ष गणतन्त्र दिवस नमनाइने

यो वर्ष गणतन्त्र दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने भएको छ । मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुहुने स्वागत तथा जलपान समारोह पनि यसवर्ष नहुने भएको छ । १२ वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउँनुभयो । २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाले विधिवत् रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष १५ जेठमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आइएको...

Read More

कालिगण्डकी नदी थुनियो

पहिरो खसेर प्रवाह अवरुद्द भएपछी गएराती २ बजेदेखि कालिगण्डकी थुनिएको छ । म्याग्दीको गलेश्वर भन्दा माथि बैसरी भन्ने ठाउँमा गएको पहिरोका कारण नदी थुनिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थुनिएको नदी खुलाउने उपायबारे छलफल भैरहेको छ । नदीको तल्लो क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क भई सुरक्षित ठाउँमा सर्न पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, पाल्पा र नवलपरासी बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको हो । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश थपलियाका अनुसार राति दुई बजेदेखि कालिगण्डकीको पानी ७० प्रतिशत घटेको छ। ‘म्याग्दी सदरमुकामदेखि ८...

Read More

बारपाकको पुनर्निर्माणमा शेष घलेको चासो

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँको पुनर्निर्माणमा चासो देखाउनुभएको छ । आइतबार बारपाक पुग्नुभएका घलेले गाउँको पुनःनिर्माणबारे स्थानीयबासीसँग छलफल गर्नुभएको हो । बारपाक घले गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ हो । झण्डै १४ सय परिवार रहेको पर्यटकीय बारपाक गाउँ अहिले खण्डहर बनेको छ । अध्यक्ष घलेले त्यहाँका स्थानीयबासीसँग कसरी पुर्ननिर्माण गर्न सकिन्छ, उनीहरुको चाहना कस्तो गाउँ बनाउने छ लगायतका बिषयमा छलफल गर्नुभयो । स्थानीयबासीले आफुहरु बारपाकलाई पुननिर्माण गरेर नमुना गाउँ बनाउन चाहेकाले त्यहाँबाट बसाई सराई नगर्ने बताए । उनीहरुले भूकम्प प्रतिरोधी तर स्थानीयपन झल्किने घरहरु बनाउन चाहेको बताएका थिए । फेरि पनि...

Read More

भूकम्पपछि उपत्यकाको सुरक्षा मजबुत

भूकम्प पछि काठमाडौँ उपत्यकामा आपराधिक घटनामा कमि आएको प्रहरीले जनाएको छ । प्राकृतिक विपत्तिका बेला आपराधिक गतिविधि बढ्नसक्ने वास्तविकतालाई दृष्टिगत गरी नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा गस्ती बढाएपछि चोरीलगायत गैरकानुनी घटना घटेका पाइएको हो । वैशाख १२ गतेको भूकम्पपछि काठमाडौँ उपत्यकाको चोरीलगायत अवाञ्छित क्रियाकलापमा कमी आएको महानगरीय प्रहरी महाशाखा टेकुका प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले बताउनुभयो । उहाँले भूकम्पअघि हप्तामा आठवटा चोरीका घटना भएकामा भूकम्पपछि चार वटा त्यस्ता घटना भएका जानकारी दिनुभयो । महाविपत्तिका बेला अत्यावश्यक वस्तुको मूल्यवृद्धि र कालोबजारी गरेको अभियोगमा २५ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालमार्फत फेरि ठूलो भूकम्प जान्छ भन्दै सर्वसाधारणमा...

Read More

द्धन्द्धकालीन मुद्दाका दोषीले क्षमादान नपाउने

द्धन्द्धकालीन फौजदारी मुद्दाका दोषीलाई क्षमादान नदिने निर्णयलाई पुनरावलोकन गर्न सरकारले पेश गरेको निवेदनलाई सर्वोच्च अदालतले दर्ता गर्न नमिल्ने भन्दै फर्काएको छ। दुईजना भन्दा बढी न्यायाधीशको इजलासले यसअघि नै सुनुवाइ गरि निर्णय दिइसकेकाले त्यसबारे थप सुनुवाई नहुने भन्दै सर्वोच्चले दरपीठ आदेश दिएको छ । वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्वन्धी ऐनमा रहेका पीडकलाई क्षमादान दिन मिल्ने दफालाई सर्वोच्चले यसअघि खारेज गर्न परमादेश जारी गरेको थियो। उक्त परमादेश अन्तरिम संविधानका व्यवस्था र विस्तृत शान्ति सम्झौता विपरित रहेको भन्दै प्रमुख प्रतिपक्षी एमाओवादीले आपत्ती जनाउँदै आएको छ । सर्वोच्च अदालतले उत्त परमादेश नसच्याएसम्म शान्ति र संविधान निर्माणको प्रक्रियामा सहभागी नहुँने...

Read More