Category: नेपाल खबर

बागमती सफाई महाअभियान आकाशबाट हेर्दा यस्तो देखियो

बागमती सफाई महाअभियानको सय हप्ता पुगेको अवसरमा शनिवार बागमती किनारमा हजारौं मान्छे लामबद्ध थिए । तल मानव संग्लो बागमती सफाइमा लाम्वद्द भैरहंदा आकाशबाट एअर डाइनेष्टिको हेलिकोप्टरले पनि यसमा ऐक्यबद्दता जनाइरहेको थियो । सरकारको अनुरोधमा बागमती सफाईको दृष्य छायांकन गर्ने प्रयोजनका लागि एउटा टिम सहित एअर डाइनेष्टिले हेलिकोप्टर उडाईएको थियो । सामाजिक कामका लागि हेलिकोप्टर उडाउन पाउनु र हजारौं मान्छेहरु लामबद्ध भएर बागमती सफाई अभियानमा योगदान गरिरहेको दृष्य हेर्न पाउनु विशेष खुशी र गर्वको विषय बनेको पाइलट शोवित गौचनले बताए । बिहान सवा आठ बजे गौचनको नेतृत्वमा उडेको हेलिकोप्टरले सुन्दरीजल हुँंदै चोभारसम्म एरियल अनुगमन गरेको थियो । आकाशबाट देखिएको दृश्य...

Read More

एसएसपी रमेश खरेल पनि अनियमिततामा संलग्न

सबैको वाहवाही कमाएको एसएसपी रमेश खरेल पनि अन्तत: विवादमा तानिएका छन् । उनी प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्। भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य सदस्यलाई दबाबमा राखेर लोकसेवाको सिद्धान्तविपरीत बढी नम्बर दिएपछि जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ। लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा सिद्धान्तविपरीत गएर काम भएको भन्दै प्रहरी मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका लागि समय निर्धारण गरिएको हो। मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले आगामी वैशाख २...

Read More

लुम्बिनीपछि भारतमा नक्कली पशुपतिनाथ मन्दिर बनाइदै

नक्कली लुम्बिनी बनाएर विश्व समुदायमा बुद्धको जन्मथलोबारे भ्रम छर्दै आएको भारतको निशानामा हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पनि परेको छ । पशुपतिनाथको हुबहु मन्दिर बनाउँन भारतले तयारी शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन प्रस्ताव गरेको हो । अचम्मको कुरा त के भने उक्त प्रस्तावमा नेपालको पशुपति क्षेत्र विकास कोष पनि सकरात्मक रहेको बताइएको छ । त्यसैले कोषका पदाधिकारी चाँडै भारतको महाराष्ट्र जाँदै छन् । महाराष्ट्र पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् । जसमा कोषका पदाधिकारी सकरात्मक देखिएका हुन्...

Read More

एडीलेडमा एमआरपी पासपोर्ट सम्बन्धि सिबिर सम्पन्न

साउथ अस्ट्रेलियाको एडीलेडमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सम्बन्धि दुई दिने सिबिर सम्पन्न भएको छ। नेपाली हेल्प डेस्कको आयोजनामा भएको उक्त कार्यक्रममा एमआरपी फारमहरु संकलन गरिएको थियो । हाल परिवर्तित नियम अनुसार एमआरपी पासपोर्टको फारम भर्न समस्या र फोटो खिच्न अलि झन्झटिलो भएको र धेरै प्राबिधिक त्रुटी हुने हुनाले ति समस्यालार्इ ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको नेपाली हेल्प डेस्कमा संयोजक गोकुल घिमिरेले बताए। अन्तरास्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलिया , गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया , बूमेरंग (BOOMERANG ) लगायत सस्थाहरुको सहयोगमा भएको उक्त कार्यक्रममा नेपाली राजदुताबास बाट काउन्सिलर / डेपुटी चिफ अफ मिसन राजेन्द्र पाण्डेले फारमहरु संकलन गरेका थिए...

Read More

शुक्रवार पूर्ण सूर्यग्रहण,कतिपय देशहरुमा दिउसै रात पर्ने

आउँदो शुक्रवार खगोल सूर्यग्रहण लाग्ने भएको छ । खगोल सूर्यग्रहण लागेपछि विश्वका कतिपय देशहरुमा दिउसै रात पर्ने अनुमान गरिएको छ । कतिपय भुगोल शास्त्रीले एउटा अचम्मको खगोलीय घटना हुने र पूरै बिश्वको धेरै ठाउँमा खगोल देखिने बताएका छन् । सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्ने गर्दछ । यूरोप,अटलान्टिक महासागर र अफ्रिकामा खगोल सुर्यग्रहण देखा पर्नेछ । चार घण्टासम्म सूर्यग्रहण देखिने अनुमान खगोलबिद्हरुले गरेका छन् । दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । तर खगोल सूर्यग्रहण भने २ मिनेट ५० सेकेण्ड मात्र लाग्नेछ...

Read More