Category: टप स्टोरी

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको रोजाईका १० विषयहरु

मेलबर्न । अष्ट्रेलिया विदेशी विद्यार्थीहरुको लागि आकर्षक गन्तव्य बनेको छ । यहाँ उपलब्ध धेरै कोर्सहरु, प्रयोगात्मक शिक्षण र कोर्ससंग सम्बन्धित करियरको राम्रो अवसरले गर्दा विद्यार्थीहरुको आकर्षण बढेको हो । यहाँ अष्ट्रेलियामा पढाई हुने १० विभिन्न कोर्सहरुको बारेमा चर्चा गरिएको छ । यी कोर्सहरुमा विदेशी विद्यार्थीहरुको अझ बढी आकर्षण रहेको पाइन्छ । १.बिजनेस अष्ट्रेलियामा बिजनेस कोर्स विदेशी विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ । बिजनेस क्षेत्रमा विद्यार्थीहरुद्वारा मन पराइएका कोर्सहरु : –बैंकिङ एण्ड फाइनान्स –म्यानेजमेन्ट एण्ड इन्फर्मेसन सिस्टम –एकाउन्टिङ –इन्टरनेशनल बिजनेस –ह्युमन रिसोर्सेज –मार्केटिङ –बिजनेस म्यानेजमेन्ट एण्ड एड्मिनिस्ट्रेसन धेरैजसो विदेशी विद्यार्थीहरु एमबिए अध्ययनको लागि अष्ट्रेलिया आउने गर्छन् । एमबीए कोर्स १८...

Read More

हराएको महादेश समुद्रमूनि भेटियो

एजेन्सी । हजारौं बर्ष अगाडि हराएको महादेश फेला परेको छ । स्याटालाइट डाटा, ढुंगाको नमूना र अन्य विभिन्न परीक्षणपछि पृथ्वीमा अर्को महादेश भेटिएको भूगर्भविद्हरुको दाबी छ । न्यूजिल्याण्डमूनि फेला परेको जिल्याण्डिया महादेशको क्षेत्रफल पाँच मिलियन वर्ग किलोमिटर रहेको छ,जुन ग्रेटर इण्डियाको क्षेत्रफल जति हुन आउँछ । जिल्याण्डियाको ९४ प्रतिशत भाग पानीमूनि छ । न्यूजिल्याण्ड र अष्ट्रेलियाका भूगर्भविद्हरुले जिल्याण्डिया पत्ता लगाएका हुन् । उनीहरुले जिल्याण्डियालाई अफ्रिका, एशिया, अन्टार्कटिका, अष्ट्रेलिया, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकापछि आठौं महादेशका रुपमा राखिनुपर्ने बताएका छन् । धेरै मानिसहरुले न्यूजिल्याण्डलाई सानो सानो टापुका रुपमा चिन्ने गरे पनि वास्तवमा यो ९४ प्रतिशत पानीमा डुबेको ठूलो महादेशको...

Read More

आइतवार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले फागुन ८ अर्थात आइतवार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ । सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । निर्वाचन आयोगले फागुन ८ भन्दा एकदिन मात्र ढिलाइ भए पनि आगामी जेठमा निर्वाचन गर्न असम्भव हुने र जेठमा सम्भव नभए मंसीर यता निर्वाचन गर्न नसकिने जानकारी गराएपछि सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णयमा पुगेको स्रोतले बतायो । यसअघि सरकारले यसैसाता निर्वाचन आयोगमा रिक्त रहेका तीन आयुक्तको नियुक्ति गर्दै पूर्णतः प्रदान गरेको थियो । यसैबीच आइतवार निर्वाचन मिति घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल...

Read More

अष्ट्रेलियामा नेपाली फिल्मको बढ्दो बजारप्रति खुशी छु : अभिनेता नीर शाह

मेलबर्न । अभिनेता नीर शाह विश्वका विभिन्न मुलुकमा घुमफिरका लागि जान रुचाउँछन् । यस्तै विभिन्न कामले विदेश गइरहनु उनको नियमित काम जस्तै हो । अष्ट्रेलियामा पनि उनी धेरैपटक आइसकेका छन् । ‘कहिले फिल्मको कामले गएँ त कहिले अन्य कुनै कामले । जे कामले गएपनि अष्ट्रेलिया पुगेपछि मेरो मन त्यसै फुरुङ हुन्छ’ अभिनेता शाहले भने । ‘प्राकृतिक रुपमा निकै सम्पन्न लाग्छ । कुनै कुचीकारले मेहनत गरेर बनाएको चित्र जस्तो,’अष्ट्रेलियाप्रतिको आफ्नो धारणा यसरी सुनाउँछन् उनी । अष्ट्रेलियाको धेरै शहर चहारेका छन् उनले । तर कुनै पनि शहरको खोट लगाउने ठाउँ नभेटेको उनी बताउँछन् । त्यसरी अष्ट्रेलिया आउने र जाने क्रममा यहाँका...

Read More

धादिङमा शनिवार विहानै भूकम्पको धक्का

काठमाडौं । धादिङमा शनिवार विहान भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ६ बजे धादिङको बेनिघाट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पोहोर गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि वर्षौंसम्म साना परकम्प आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । यसअघि गएको माघ २२ र २८ गते दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ तथा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो । Are you Planing to Study in Australia ? If...

Read More