Category: टप स्टोरी

नेप्लीज यूथ एसोसियसनको तदर्थ समिति गठन

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई एउटै छातामूनि संगठित गर्ने उदेश्यले गठन गरिएको नेप्लीज यूथ एसोसियसनको तदर्थ समिति गठन भएको छ । आइतवार बसेको वैठकले श्रीकृष्ण सिलवालको सभापतित्वमा दश सदस्यीय तदर्थ समिति गठन गरेको हो । साथै वैठकले संस्थाका लागि आवश्यक सदस्य संख्या पुगेपछि प्रजातान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ । एसोसियसनको नव गठित तदर्थ समितिको सभापतिमा सिलवाल,उपसभापतिमा सुमन देउजा उर्फ साम नेपाली र सञ्जयकुमार शाह,कोषाध्यक्षमा सरोज खनाल,सचिवमा उज्जवल खनाल रहेका छन् । यस्तै कार्यकारी सदस्यहरुमा मनोज पौडेल,आशा चन्द,सुमन वासु,राजन श्रेष्ठ र बुद्धिमान गुरुङ रहेका छन् । एसोसियसनको सदस्य बन्न इच्छुक युवाहरुले आफू...

Read More

नाकाहरु अचानक खुकुलो बन्यो,सयौं ट्यांकर इन्धन भित्रिए

विशेष । भारतीय पक्षले पूर्वको कांकडभिट्टा—पानीटं्याकी नाकालाई खुकुलो गरेपछि बुधबारबाट पूर्वी नाका सहज बन्दै गएको छ । भारतीय पक्षले एकाएक मालबाहक ट्रक तथा कन्टेनर छाडिदिँदा नेपालतर्फ मालवाहक गाडीको आवगमन ह्वातै बढेको छ । मंसिरदेखी पेट्रोलियम पदार्थका ट्यांकर र ग्याँस बुलेटलाई भारतीय पक्षले कुनै अवरोध नगरेपनि ट्रक तथा कन्टेनरहरुको आवगमन भने सामान्य बन्न सकेको थिएन । भारतको नाकाबन्दीले अस्तव्यस्त यो नाका बुधबार विहानैबाट सहज बनेपछि मेचीपारी पानीटं्याकीमा लामबद्ध सयौं मालबाहक गाडी नेपाल भित्रिएका छन् । मेची भन्सार कार्यालयका अनुसार बुधबार साझँ सम्म यो नाकाबाट १६ वटा इन्धनका गाडी र ३ सय ६१ मालबाहक ट्रक तथा कन्टेनर भित्रिएका छन् । यो...

Read More

भारतमा सोमबार गएको भूकम्पले पुर्याएको क्षतिको ताजा तस्वीर

काठमाडौँ । सोमबार विहान भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ७ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने एकसय जना घाइते भएका छन् । भूकम्पबाट भएको क्षतिको थप विवरण आउने क्रम जारी छ । अहिले भूकम्प पछिको पराकम्प जाने क्रम पनि जारी रहेको छ...

Read More

खड्काको शव नेपाल पठाउँन अष्ट्रेलियाबाट पनि सहयोग जुटाउँदै

मेलबर्न । न्यूजिल्याण्डमा पानीमा डुबेर निधन भएका नेपाली विद्यार्थी पवन खड्काको शव नेपाल पठाउँन न्यूजिल्याण्ड र अष्ट्रेलियामा रहेका नेपाली समुदायबाट सहयोग जुटाउँने अभियान शुरु गरेको छ । हाल न्यूजिल्याण्डकै एक अस्पतालमा राखिएको खड्काको शव नेपाल पठाउँन र त्यसका लागि आवश्यक प्रक्रियाका लागि सहयोग रकम जुटाउँन थालिएको हो । हाल उनको विमा कम्पनीसँग पनि आवश्यक कानूनी प्रक्रिया जारी रहेको र बीचमा नयाँ वर्षको कारण लामो विदा रहेकोले शव नेपाल पठाउँन कम्तीमा एक हप्ता लाग्ने बताइएको छ । सहयोग रकम जुटाउँने अभियानको चौथो दिन शनिवार अष्ट्रेलियाबाट पनि ठूलो सहयोग जुटेको छ । शनिवार अपरान्हसम्मा अष्ट्रेलियाबाट मात्र १६९८.९९ डलर उठेको अभियानमा सक्रिय...

Read More

फर्केर हेर्दा : विश्वका लागि सन् २०१५ कस्तो रह्यो ?

विशेष । सन् २०१५ मा विश्वको राजनीति, अर्थतन्त्र र सुरक्षाको दृष्टिकोणवाट त्यति सुखद रहेन् । आतंकवादले आफ्ना पखेटा तीव्र गतिमा उचाल्दा अकल्पनीय मानवीय तथा भौतिक क्षति हुन पुग्यो भने मध्ये एसियाले चरम मानवीय सकंट व्यर्होन पुग्यो । विश्वका शक्ति राष्ट्रहरुको टकराव झनै बढ्यो । जसले गर्दा विश्वको शक्ति सन्तुलन थप असन्तुलन बन्न पुग्यो । तर पनि विश्वको समग्र अर्थतन्त्रमा भने केही सुधारका संकेतहरु  देखिए । सन् २०१५ जनवरी ७ मा फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु हुन पुग्यो । जसले सारा...

Read More