Category: टप स्टोरी

राजु शाक्य र अधिकारी मल्टिकल्चरल एक्सिलेन्स अवार्ड–२०१५ बाट सम्मानित

मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच प्रेरक व्यक्तित्वका रुपमा रहँदै आउँनुभएका राजु शाक्य भिक्टोरियाको प्रतिष्ठित मल्टिकल्चरल एक्सिलेन्स अवार्ड–२०१५ बाट सम्मानित हुनुभएको छ । समुदायका लागि उहाँले पुर्याउँनुभएको अमूल्य योगदानको कदर स्वरुप शाक्यलाई उक्त अवार्डबाट पुरस्कृत गरिएको हो । कार्यक्रमलाई भिक्टोरियन राज्य सरकारको सहयोगमा भिक्टोरियन मल्टिकल्चरल कमिसनले आयोजना गर्दै आएको छ । भिक्टोरियाको बहुसांस्कृतिक समुदायका लागि उल्लेखनीय रुपमा गर्दै आउँनुभएको स्वयम्सेवा र भिक्टोरियाको सांस्कृतिक विविधतालाई प्रवद्र्धनमा शाक्यले पुर्याउँदै आउँनुभएको योगदानको उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको आयोजकले उल्लेख गरेको छ । सोलाङचरको संस्थापकका रुपमा रहँदै आउँनुभएका शाक्य न्याभ,एनआरएनए,हेल्प नेपाल अष्ट्रेलिया,नेपाल अष्ट्रेलिया मैत्री संघ लगायतका संघ संस्थाहरुमा आवद्ध रहँदै आउँनुभएको छ...

Read More

भारतीय नाकाबन्दी विरुद्ध अष्ट्रेलियाको संसद बाहिर वृहत प्रदर्शन (फोटो फिचर )

हिमालयन कंगारू विशेष । भारतले नेपालमाथि लगाउँदै आएको आर्थिक नाकाबन्दीको विरोधमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले विहीवार त्यहाँको संसद बाहिर प्रदर्शन गरेका छन् । भूपरिवेष्ठित मुलुक नेपालमाथि भारतले लगाएको नाकाबन्दी लगाएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्यले एनआरएनए अष्ट्रेलियाले दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत अष्ट्रेलियाको क्याबेरामा अवस्थित संसद भवन बाहिर वृहत विरोध प्रदर्शनको आयोजना गरेको हो । उक्त विरोध र्यालीमा सहभागी बन्न विभिन्न राज्यहरुबाट स्वस्फूर्त रुपमा नेपालीहरु रातारात क्यानबेरा पुगेका थिए । विरोध कार्यक्रमको नेतृत्व एनआरएनए अष्ट्रेलियाका क्षेत्रीय संयोजक महेन्द्रकुमार लम्सालले गर्नुभएको थियो । विरोध प्रदर्शनमा सहभागी हुन भिक्टोरियाको मेलबर्नबाट पनि उल्लेख्य संख्यामा नेपालीहरु क्यानबेरा पुगेका थिए । मेलबर्नबाट क्यानबेरा जाने टोलीहरुमा...

Read More

क्यानबेरा प्रदर्शन : नेपाली स्वाभिमान,पहिचान र एकताका लागि

–केशव कँडेल, उपाध्यक्ष,एनआरएए अष्ट्रेलिया । नेपाली हामी रहूँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनका टुक्रा,हिमाल हिराको माटो र पानी पहेंलो धन धर्ती त छोराको खै काँबाट संसार हेर्छौं सम्झना नै नरहे । मेलबर्न । यदि कसैले तपाईको घर परिवारमाथि आक्रमण गर्छन्,तब तपाई के गर्नुहुन्छ ? जब तपाईको अस्तित्व र पहिचान माथि नै प्रश्नचिन्ह उठ्छ भने त्यतिबेला तपाई के गर्नुहुन्छ ? राजनीतिक दलहरुलाई गाली गर्न र विभिन्न आक्षेपहरु लगाउँन त सजिलो होला,तर हामी आफूले चाहिं देशका लागि के गर्यौं ? त्यो अझ महत्वपूर्ण कुरा हो । यतिखेर नेपाल यस्तै संकटमा फसेको छ । हामी...

Read More

द हिमालयन क्लबको साधारण सभा सम्पन्न

मेलबर्न । मेलबर्नमा नेपाली समुदायमा क्रिकेट खेलको विकास र नेपाली कला संस्कृतिको संरक्षणका लागि क्रियाशील द हिमालयन क्लबको वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरुको आयोजना गर्नुको साथै नेपाली समुदायका बालबालिका र युवाहरुलाई क्रिकेट खेलको आधारभूत प्रशिक्षण दिदै आएको क्लबले आगामी दिनहरुमा पनि यसैलाई निरन्तरता दिदै जाने क्लबका अध्यक्ष बम योञ्जनले बताउँनुभयो । यसका लागि क्लबले साधरण र पारिवारिक गरी दुई किसिमको सदस्यताको व्यवस्था गर्दै आएको पनि उहाँले बताउँनुभयो । क्लबको सदस्यता लिइसकेपछि सदस्यहरुले कँडेल कन्सल्टेन्सी,गुर्खाज ब्रुन्सवीक,आरजिआइटी,ओजेड च्वाइस फाइनान्स लगायतमा २० देखि ३० प्रतिशतसम्म डिस्काउन्ट प्राप्त गर्न सकिने क्लबका सचिव केशव सापकोटाले बताउँनुभयो...

Read More

निगमका कार्यकारी निर्देशक खड्का भारतीय दुतावासको एजेण्ड

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालप्रसाद खड्का भारतीय दुतावासको सल्लाहमा सञ्चालित भएको ठहर आपूर्ति मन्त्रालयले गरेको छ । भारतीय नाकाबन्दीपछि देशमा इन्धन संकटमा परिरहेका बेला नेपाल सरकारले बनाएका योजनाहरु भारतीय दुतावासमा बुझाएको आरोप खड्कालाई लागेको छ । भारतीय नाकाबन्दीपछि उनी पाँचपटक भन्दा बढि दुतावासमा पुगिसकेका छन् । भारतीय नाकाबन्दीपछि नेपाल सरकारले चीनबाट इन्धन ल्याउने तयारी गरेको थियो । तर चीनसँगको इन्धन सम्झौतामा कार्यकारी निर्देशक खड्का बाधक बनेको ठहर प्रधानमन्त्री केपी ओलीसमेतले गरेका छन् । चीनसँग सम्झौता गर्ने सामान्य पत्र बनाउन पनि कार्यकारी निर्देशक खड्काले १३ दिन लगाएको सुचना प्रधानमन्त्री ओलीसँग पुगिसकेको छ । चीनसँग इन्धन सम्झौता गर्ने...

Read More