Category: टप स्टोरी

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ...

Read More

अमेरिकामा कोरोनाबाट २४ घण्टामै थप ६३० जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ लाख ६ हजार नाघ्यो

काठमाडौं । पाँच महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै  संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ८९ हजार ४०९ जनामध्ये १७ हजार १०१ जनाको अवस्था गम्भीर रहेको छ...

Read More

बाँकेमा मध्यरातमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ जना घाइते

नेपालगञ्ज, जेठ १९  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको भने उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । दुर्घटना आइतबार राति सवा १२ बजे भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा २१ जना घाइते...

Read More

आखिर सगरमाथामा पहिलो पाईला कसले राख्यो ?

नेपालमा पछिल्लो समय छिमेकी राष्ट्रहरुबाट भएका कार्यहरु राष्ट्रहित बिपरित हुदै आएका छन् । हालसालै छिमेकी देश भारतले सिमा मिच्नु, नया सडक खोल्नु र नाकामा भएका पिल्लरहरु भत्काउनु र यता चिनले सगरमाथा  चिनमा पर्छ भन्नुले नेपाल माथि छिमकि देशको कुदृष्टी अनुमान गर्न सकिन्छ । चर्चा गरौ अब सगरमाथामा पहिलो पाईला आखिर कस्ले राख्यो ? सगरमाथामा पहिलो पाईला कस्ले राख्यो भनेर प्रश्न राख्ने हो भने सहजै उत्तर आउछ तेन्जिङ नोर्गे शेर्पा ? यस बिषयमा पनि धेरै बिबादहरु आउन थालेका छन् । यस बिषयमा हामिले फ्याक्ट चेक गरेको छौं । सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि...

Read More

विदेशमा अलपत्र नेपाली ल्याउन विमानस्थल सञ्चालनको तयारी

काठमाडाैं : धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ।  कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो। लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपछि उडानहरु प्रतिबन्ध भएपछि कामले तीव्रता पाएको हो।  विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ। धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तीव्र पारिएको छ। कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दूरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए। सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930