Category: टप स्टोरी

विश्वलाई सशंकित बनाइरहेको चीनमा देखिएको नयाँ भाइरस के हो ?

काठमाडौं । चीनमा हालै देखिएको रहस्मय भाइरसबाट प्रभावित हुने मानिसको संख्या सयौं पुगेको चिनियाँ अधिकारीले जनाएका छन्। चीनका विभिन्न स्थानमा नयाँ भाइरसको संक्रमण देखिएपछि ४५ वटा प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणपछि करिब १ हजार ७ सय व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको विज्ञहरुले उल्लेख गरेका छन्। चीनको विभिन्न सहरमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। चीनको उहान सिटीमा मात्र हालै उक्त भाइरस संक्रमणको कारण दुईजनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। ‘म गत साताभन्दा अहिले अझै चिन्तित भएको छु,’ वैज्ञानिक निल फर्गुसनले भने। लन्डनको इम्पेरियल कलेजस्थित एमआरसी डिजिज फर ग्लोबल इन्फेक्सियस डिजिजले सञ्चालन गरेको थियो। यो...

Read More

सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गर्न दलहरुबीच सहमति

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठनका विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचको बैठकले आयोगका पदाधिकारीको नाम टुंगो लगाएको हो । आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्वप्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । दलहरुबीच राजनीतिक सहमति जुटेकाले समितिले नाम सिफारिस गर्नेछ । सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्ने बताईएको छ । उहाँ कांग्रेसको सिफारिसमा आयोग अध्यक्ष हुन लाग्नुभएको हो । हिजोको बैठकमा नेकपाले ३ र कांग्रेसले १...

Read More

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई समुद्री दुर्घटनाबारे सजग बनाउन वाटर सेफ्टी एजुकेशन

मेलबर्न । अष्ट्रेलियामा केही वर्ष देखि नेपाली विद्यार्थीहरु समुद्री दुर्घटनामा परेका घटनाहरु आइरहेका छन् । नेपाली समुदायमा समुद्री दुर्घटना बारे सजग बनाउंदै त्यस्ता दुर्घटना हुन नदिने उद्देश्यका साथ चेतनामुलक कार्यक्रम हुनेभएको छ । उक्त वाटर सेफ्टी एजुकेशन कार्यक्रममा स्थानीय अल्टोना वाटर सेफ्टी क्लब भिक्टोरिया अष्ट्रेलियाका व्यवसायिक जीवन रक्षकहरुले सहभागिहरूलाई समुद्री संकेतहरू,पानीको वहाव, प्रवाह र यसबाट बच्ने उपायका विषयमा जानकारी मूलक तालिम दिंनेछन । तालिम पश्चात तटमा लगेर नै अवलोकन तथा अभ्यास गराइने आयोजकले बताएका छन् । एनआरएनए एससीसी भिक्टोरिया, जिलोंग नेप्लिज एसोसिएसन, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट , नेप्लिजएसोसिएसन अफ भिक्टोरियाले लाइफ सेभिङ्ग भिक्टोरिया संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेका हुन्...

Read More

बिजुलीका तार जमिनमुनि बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

सडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल विद्युत् प्राधिकरणको योजना अवरुद्ध भएको छ । सडक विभागको अनुमति नै नलिई ठेकेदारसँग सम्झौता भएर आवश्यक जनशक्ति र उपकरणसहित कार्यक्षेत्रमा आए पनि काम गर्न नपाउँदा तारलाई भूमिगत गर्ने योजना कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ । प्राधिकरणले ठेक्का लगाएको कम्पनीले समयमै काम गर्न नपाएर ठूलै हर्जना तिर्नुपर्ने र सम्पूर्ण योजनाकै निर्माण लागत बढ्ने सम्भावना त्यत्तिकै देखिएको छ । जनशक्ति र उपकरणसहित एक महिनादेखि ठेकेदार कम्पनी काठमाडौँ आएर बसेको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने...

Read More

बिहीबारका लागि अष्ट्रेलियन डलरको दर भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७७ रुपैयाँ ८८ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ...

Read More