Category: जीवनशैली

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार उक्त परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले आज प्रकाशित विज्ञप्तिमा जनाएको छ...

Read More

मुम्बईमा महिलाले जन्माइन् बूढी बच्चीे

एजेन्सी । के कुनै आमाले आफ्नो नवजात शिशुलाई दूध खुवाउँन इन्कार गर्न सक्छिन् ? शायद यस्तो कहिल्यै पनि सुन्नुभएको छैन होला । तर मुम्बईमा एउटी आमाले भने भखैरै जन्मेकी आफ्नै छोरीलाई दूध खुवाउँन इन्कार गरेकी छिन् । आफैले जन्माएको बच्ची जन्मदै बूढी देखिएपछि ती आमाले दूध खुवाउँन मात्र इन्कार गरिनन् ती बच्चीलाई स्वीकार समेत गरेनन् । दुई हप्ता अघि जन्मेकी यो बच्चीको हाल मुम्बईको नुशरजी वाडिया मेटरनिटी अस्पतालमा उपचार भैरहेको छ । वास्तावमा यो बच्ची इंट्रा–यूट्रीन ग्रोथ रिटार्डेशन नामक रोगबाट ग्रसित छिन् । यसैको कारण यस वच्चीको छाला जन्मदै बूढी महिलाको जस्तो देखिन्छ । चिकित्सकहरुका अनुसार यो एउटा आनुवांशिक...

Read More

जापानमा शौचालय प्रतियोगीता हुँदै

टोक्यो । जापानले पहिलो पटक शौचालय प्रतियोगीताको आयोजना गर्ने भएको छ । सबैभन्दा आरामदायी,विकासोन्मुख मुलुकहरुका लागि सुपथ र महिलाहरुका लागि सुरक्षित शौचालयको खोजी गर्ने उद्देश्यले शौचालय डिजाइनको प्रतियोगीता आयोजना गर्न लागिएको आयोजकको भनाई छ । यसको आयोजना जापानले सरकारीस्तरबाटै गर्न लागेको हो । हाल प्रतियोगीतका लागि आवेदन लिने क्रम जारी छ । जापानको महिला सशक्तिकरण मन्त्री हरुकु अरिमुराका अनुसार यो प्रतियोगीताले जापानी शौचालयको बारेमा विश्वले अझ बढी थाहा पाउँनेछन् । यो प्रतियोगीताको संयोजन समेत उनी आफैंले गरिरहेकी छिन् । सन् २०२० मा आयोजना हुन लागेको ओलम्पिक खेलकूदका लागि जापानले गरिरहेको तयारीबारे विश्वमा सन्देश पुर्याउँन यसप्रकारको प्रतियोगीता गर्न लागिएको मन्त्री...

Read More

एसएलसी परीक्षाको नतिजा आज आउने

काठमाडौँ । यसवर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा आज शुक्रवार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ । यसका लागि परीक्षा बोर्डको वैठक आज बिहान ११ बजे बस्दैछ । बैठक लगत्तै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । नतिजा प्रकाशित भएपछि विभिन्न माध्यमबाट जानकारी लिन सकिने गरि व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक...

Read More

एसएलसी परीक्षाको नतिजा शुक्रवार सार्वजनिक हुने

काठमाडौँ । यसवर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा भोलि शुक्रवार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ । यसका लागि परीक्षा बोर्डको वैठक शुक्रवारनै बस्दैछ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रवार नै नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बताउँदै शुक्रवार नसकिए ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गरिने बताउँनुभयो । अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ । नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन । यस...

Read More