Category: जीवनशैली

आज श्रीपञ्चमी मनाइँदै, वसन्त ऋतु प्रारम्भ

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले...

Read More

आज सोनाम ल्होसार मनाउँदै तामाङ समुदाय

काठमाडौं । तामाङ समुदायमा प्रमुख चाड सोनाम ल्होसार आज हर्सोल्लासका साथ मनाइदैछ । आजदेखि २८५४औं वर्ष प्रवेश गरेको अवसरमा विशेष सांस्कृतिक महत्वका साथ यो चाँड मनाइन्छ । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । प्रकृतिप्रेमी तामाङ समुदायले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्नेगर्छन् । आज छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ । कतिपय ठाउँमा जातअनुसारका गाउँका लामा र मुखियाको उपस्थितिमा सबै एकै ठाउँमा भेला भई नाँचगानका साथ रमाईलो पनि गरिन्छ । यसरी गाईने र नाचिने गीतहरूलाई ’तामाङ सेलो’ भनिन्छ । विक्रम सम्वत् २०६४ सालयता सोनाम ल्होछारलाई राष्ट्रिय चाँडका रुपमा नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको छ...

Read More

साउदी अरबका महिलाले पहिलोपटक लिए रंगशालामा मज्जा

एजेन्सी । साउदीका महिलाले पहिलो पटक रंगशालामा नै उपस्थित भएर फुटबल खेलको मज्जा लिएका छन् । महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिएपछि उनीहरु परिवारसहित रंगशाला पुगेका थिए । जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका हुन् । उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए । साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यो...

Read More

बच्चाले सिक्का, ब्याट्री, गुच्छा वा एसिड निलेमा के गर्ने ?

एजेन्सी । साना बालबालिकाले उत्सुकताले वा अन्जानमा गुच्छा, सिक्का, ब्याट्री, एसिड आदि निल्न सक्छन् । यसबाट बचाउने सबैभन्दा उत्तम उपाय त ती सामानहरु बच्चाले नभेट्ने ठाउँमा राख्नु हो । तर, बच्चाले भेटेर मुखमा हालीहाल्यो भने के गर्ने त ? – बच्चाले गुच्छा निल्यो भने धेरै आत्तिनु पर्दैन । त्यो गोलो आकारको हुने हुँदा दिशाबाट बाहिर आउँछ। – सिक्का चेप्टो हुने हुँदा भित्र अड्किन सक्छ। सिक्का पेटमा अड्किएको छ र कुनै पनि असर देखिएको छैन भने, चार हप्तासम्म कुर्न सकिन्छ। सिक्का आन्द्रामा पुगेको भए जोखिम कम हुँदै जान्छ। तर बच्चाले ठूलो सिक्का वा धारिलो बिट भएको सिक्का खाएको छ भने...

Read More

चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल

काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। ‘ कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई...

Read More