Category: जीवनशैली

किशोर किशोरीलाई आत्महत्या गर्न उक्साउने कम्प्युटर गेमको आतंक

काठमाडौं । आजभोलि एउटा कम्प्युटर गेम बजारमा आएको छ । त्यसको नाम ब्लु ह्वेल गेम हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ । यो अनलाइन गेम रुसबाट शुरु भएको हो । यो गेमबाट प्रभावित भएर हालसम्म ३ सय जना किशोरकिशोरीले ज्यान गुमाइसकेका छन् । दक्षिण एसियाली देशमा पनि यसको प्रभाव देखिन थालेपछि सर्वत्र चिन्ता बढेको छ । भारतका एक किशोरले गत महिना यही गेमको प्रभावमा अग्लो भवनबाट हामफालेर ज्यान गुमाएका थिए । यसलाई जो कोहीले खेल्न सक्दैनन् किनकि यसलाई डाउनलोड गर्न सकिँदैन । ह्वाट्सएप र फेसबूक प्रोफाइलमार्फत यो गेमको इन्भिटेसन...

Read More

सोह्रश्राद्ध आजदेखि सुरु

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध बुधबारदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, त्यही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम्...

Read More

भाईरल संक्रमणले एकै गाउँका चार सय बिरामी

गुल्मी । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ ।  नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ । प्रभावित क्षेत्रमा दुई जना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, ‘गाउँका ३ ।४ सय जना प्रभावित छन्, उनले भने, ‘उपचार जारी छ ।’ धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए ।, जिल्लामा मंगलबार मात्र औषधि आइपुगेकाले सबैलाई सरस्वती माविमा भेला गराएर उपचार थालिएको उनले जानकारी दिए । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

आज इन्द्रजात्रा, उपत्यकालगायतका स्थानमा मनाइँदै

काठमाडौं । भाद्र शुक्ल चतुर्दर्शीका दिन मनाइने इन्द्रजात्रा आज परेको छ ।  काठमाडौं उपत्यकालगायत धुलिखेल, दोलखामा इन्द्रको पूजाअर्चना गरी इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गत आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि जात्रा सुरु भएको हो । इन्द्र जात्राको अघिल्लो दिन सोमबार ५ सय ४ कुमारी पूजा गरिएको छ । जात्राको मुख्य दिन आज हनुमानढोका दरबार क्षेत्रमा दिउँसो राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने काठमाडौं जात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्राकाबेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ । इन्द्रजात्रामा काभ्रेपलाञ्चोक उग्रचण्डी नाला जंगलबाट ल्याइएको लिंगो ठड्याउने परम्परा छ ।...

Read More

आज बकर इद, मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासपूर्वक मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्ग्स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइने आएको मुश्लिम...

Read More