Category: जीवनशैली

भूकम्पपछि गर्भ परीक्षण गराउँनेको संख्या बढ्यो

मंगलवार गएको भूकम्पपछि म्याग्दीमा गर्भ परीक्षण गर्ने महिलाहरुको संख्या बढेको छ । भूकम्पका कारण आफ्नो गर्भमा रहेको सन्तानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य केन्द्र धाउँने महिलाहरुको संख्या बढेको हो । सदरमुकाम बेनी तथा आसपासका क्षेत्रबाट दैनिकजसो भूकम्पबाट असर गरेको भन्दै महिलाहरु चेकजाँच गर्न आउने क्रम बढेको जिल्ला अस्पताल म्याग्दीकी डाक्टर सुधा त्रिपाठीले बताउनुभयो । केहीले भूकम्प गएको बेलामा बसेको गर्भबाट जन्मिने बच्चा अपाङ्गता भएका हुन्छन भनेर गर्भपतन गर्न आएको समेत उहाँले बताउँनुभयो । बैशाख १२ गतेपछि पनि एउटै महिला समेत पटकपटक गर्भ परीक्षण गर्न आउने गरेको डाक्टर त्रिपाठीले बताउँनुभयो । गत बैशाख १२ गते गएको महाभूकम्पपछिराष्ट्रिय...

Read More

भूकम्पपछि चर्केका अस्पतालमा सेवा सुचारु गर्न रोक

भूकम्पपछि चर्केका अस्पतालमा सेवा सुचारु गर्न सरकारले रोक लगाएको छ । इन्जिनियर परीक्षणविना चर्केका अस्पताल टालटुल गरी सेवा सुचारु गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वैशाख र त्यसपछिका पराकम्पनबाट चर्केका अस्पतालमा सेवा सुचारु गर्नुपूर्व भवनको अवस्था ठीक भएको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । केही अस्पतालले चर्केको भवनमै जोखिमपूर्ण रुपमा स्वास्थ्य सेवा सुचारु गरेको जानकारी आएपछि मन्त्रालयले स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । मन्त्रालयले शनिबार सूचना जारी गर्दै चर्केका भवनको अवस्था जानकारी नगराई सेवा सुचारु गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ । चर्केका तथा क्षति पुगेका भवनबाट सेवा सुचारु गर्नुअघि इन्जिनियरबाट...

Read More

‘पीडितलाई सहयोग गर्न उमेरले छेकेन,भूगोलले रोकेन’

हिमालयन कङ्गारु विशेष । वैशाख १२ गते । उता नेपालमा महाविनाशकारी भूकम्पको झट्काले मुलुकलाई आक्रान्त पारिरहेको खबरले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको मनलाई पनि विचलित पार्यो । यता अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीहरुको मनमा पनि त्यो भूकम्पले ठूलै झट्का दियो । मुलुकको विनाश र प्रभावितहरुको विजोगको कथा व्यथाबारे सुनेर धेरैको मन दुख्यो । त्यसैले त्यही दुखेको घाउमा थोरै भए पनि मल्हम लगाइदिने पवित्र उद्देश्य बोकेर थुप्रै नेपालीहरु प्रवासबाट स्वदेश फर्किन थाले । त्यही भीडमा थिए–श्रीकृष्ण सिलवाल । अध्ध्यनका शीलशीलामा चार वर्ष अघि अष्ट्रेलिया पुगेका उनी मेलबर्न निवासी हुन् । भूकम्पले मुलुकलाई तहननहस पारी हजारौंले गाँसबास गुमाएको खबर सुनेपछि...

Read More

महिलाले जन्माईन दुई पुरुषका बच्चा एकै पटक

विज्ञानलाई नै चुनौति दिदै एक अमेरिकी महिलाले एकैपटक दुई जना पुरुषको बच्चालाई जन्माएकी छिन् । ती दुई बच्चा जुम्ल्याहाका रुपमा जन्मेका हुन् । सन् २०१३ मा नाम नखुलाएकी ती महिलाले जुम्ल्याह छोरी जन्माएकी थिईन् । तर बच्चाको बाबु को हुन् ? भन्ने विषयमा विवाद चलेपछि यो मुद्दा अदालतमा पुगेको थियो । डिएनए परीक्षणपछि न्यू जर्सी अदालतले अन्ततः ती बच्चाहरु दुवै पुरुषबाट फरक फरक रुपमा जन्मिएको फैसला सुनाएको छ । अदालतका न्यायाधीस सोहेल मोहमदले यस मुद्दाको फैसला सुनाउँदै घटना अपत्यारिलो भए पनि दुवै बच्चाका पिता फरक फरक रहेको पाइएको बताए । चिकित्सकहरुका अनुसार प्रत्येक १३ हजार प्रसुतिमा एउटा यस्तो दुर्लभ...

Read More

भूकम्प पछि मानसिक समस्या देखिएमा के गर्ने ?

-डा.अनन्त अधिकारी यसपटकको भुकम्पको घटना अत्यन्तै पीडादायी थियो जसले ठूलो धनजनको नाश ग¥यो । कयौ परिबारबिहीन बने,कयौको जीवनभर कमाएको सम्पति नष्ट भयो । यस्ता ठूलो खालको प्राकृतिक विपतीबाट स्वभाविकरुपमा हरेक मानिसलाई चिन्तित बनाउँछ, भय सिर्जना गरिदिन्छ । यस्तो समयमा मानिसहरु शारीरिक समस्याबाट त पिडीत हुन्छन नै साथसाथै मानसिक समस्याबाट पनि पीडीत हुन्छन । सबैले शारिरिक समस्यालाई मात्र ध्यान दिएर मानसिक समस्यालाई ध्यान नदिदा कहिलेकाहि यसले बिकराल रुप समेत लिने गर्दछ । हालको नेपालकै कुरा गर्दा हालको बिपतीको समयमा धेरै मानिसहरुमा मानसिक समस्याहरु देखिएका छन । ति मध्ये केहि समस्याहरु विपदको समाप्ती संगै स्वत समाधान भएर जान्छन भने केहि चाहि...

Read More