Category: जीवनशैली

निजीलाई आज अन्तिम दिन तेल दिईदै

काठमाडौ । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा निजी सवारी साधनलाई आज अन्तिम दिन पेट्रोल वितरण गर्ने भएको छ । निजी सवारीसाधनको लट अनुसार पेट्रोल वितरण भइरहेको छ । आज ५० लटमाथिका मोटरसाइकल र १० लटदेखिका कार, जिप, भ्यानलाई पेट्रोल दिइनेछ । पेट्रोल लिनुअघि कुपन अनिवार्य दिनुपर्नेछ । काठमाडौदेखि काभ्रेसम्मका  ६० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण भइरहेको छ । यसअघि १ देखि ३० लटसम्मका मोटरसाइकललाई तेल दिइएको र हिजो ३१–५० लटसम्मका मोटरसाइकल र ६–९ लटसम्मका कारलाई इन्धन वितरण गरिएको थियो । मोटरसाइकललाई पाँच लिटर र कार, जिप, भ्यानलाई १० लिटर पाउनेछन्...

Read More

नाकाबन्दीको कारण करोडौं मूल्यको औषधी नष्ट

-रिया भण्डारी । काठमाडौं । भारतको नाकाबन्दीको कारण बजारमा औषधीको चरम अभाव भैरहंदा सीमानाकामा भने औषधी बोकेका सयौ सवारी साधनहरु अलपत्र अवस्थामा छन् । औषधीको अधिकांश गोदाम बीरगंजमा भएको र सीमा वारी भएका औषधि समेत नेपालका विभिन्न ठाउमा पुर्याउन नसकिएको नेपाल औषधि व्यबसायी संघले जनाएको छ  । औषधी बोकेका गाडीहरु लामो समयदेखि सीमानाकामा रोकिरहँदा ठूलो परिणामका औषधीहरु विग्रिएर नष्ट भएका छन् । नेपाली औषधी उद्योगहरुले आभाबपूर्ण बातावरणको कारण औषधि उद्पादन गर्न नसकी रहेको बेला सिमावारि बिरगंजका गोदाममा रहेको औषधिहरु समेत ल्याउन समस्या भएको भन्दै नेपाल औषधि व्यवसायि संघले गृहमन्त्रलाई भेटि औषधि ल्याउने बाताबरण बनाइदिन आग्रह गरेको छ  । रक्सौल...

Read More

नाकाबन्दीले कपडा महँगियो

काठमाडौं । भारतले लगाएको नाकाबन्दीको कारण कपडाजन्य बस्तुहरुको बिक्री समेत प्रभावित भएको छ । मधेशमा जारी आन्दोलन र सीमानाकाबन्दीको कारण बीरगजको रक्सौल नाकामा महिनौ देखि कपडाको कन्टेनर रोकिएपछि कपडाको ब्यापार प्रभावित भएको हो । राजधानीको कपडा व्यबसायीहरुले तातोपानी र भारतीय बजारबाट कपडा भित्रिन रोकिएपछि कपडा ब्यबसायमा समस्या आएको गुनासो गरेका छन् । राजधानीको न्यू रोड,असन, बिशालबजार लगायतका बजारहरुमा कपडाजन्य बस्तुको मूल्य निकै बढेको छ । पछिल्लो समय भारतले गरेको नाकाबन्दी र मधेशमा जारी आन्दोलनको कारण कपडाको आयात घटेपछि बजारमा कपडाको अभाव समेत देखिन थालेको ब्यबसायीहरुले बताएका छन । बीरगज  नाकामा महिनौ दिनदेखि सामान अलपत्र परेको कारण काठमार्डाैमा कपडाजन्य बस्तुको...

Read More

राष्ट्रपतिकी छोरीको विवाह पूर्व राष्ट्रपति यादवको नातिसंग हुने

काठमाडौं । चर्चित कम्युनिष्ट नेता स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका नातिसँग हुने लगभग तय भएको छ । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच विवाहको विषयमा परिवारिक चर्चा चलिरहेको राष्ट्रपतिका परिवार निकट स्रोतले बतायो । किरण यादव निवर्तमान राष्ट्रपति डा. रामवरण यादवकी आफ्नै भतिजी हुन् । त्यसैले अभिशेक रामवरणका नाति पर्छन् । वर्तमान राष्ट्रपति भण्डारीको पारिवार निकट उच्चस्रोत भन्छ, ‘उनीहरु आफैले रोजेका हुन । पारिवारिक रुपमा कुनै निर्णय भएको छैन । उनीहरु स्कुल पढ्दादेखिकै साथी हुन् ।’ किरण यादवका छोरा...

Read More

अभावमा पेट्रोल पाउँदा दंग, मोटरसाइकल विग्रिदा झसँग

काठमाडौं । देशमा इन्धनको अभाव सुरु भएको १ महिनाभन्दा बढी भयो । नेपालमा संविधान जारी भएलगत्तै असन्तुष्टि जनाएर भारतले अघोषितरुपमा नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको चरम अभाव छ । यही अभावमा खेल्दै कतिपय ब्यापारी र नागरिकले सिमाबाट इन्धन ल्याएर कालोबजारी मात्रै गरेका छैनन्, पेट्रोलमा मिसावटसमेत गरेर बेचिरहेका छन् । जसका कारण सवारीसाधनमा समस्या देखिन थालेको छ । अहिले मोटरसाइकल वर्कसपलाई कामको भ्याई नभ्याई छ । बिग्रेका मोटरसाइकल बनाउन आउनेहरुको भीड अत्याधिक बढेको छ । कतिपय मोटरसाइकलको त इञ्जिन मै समस्या आएको छ भने अधिकांश मोटरसाइकलमा स्टार्ट नहुने, धुवाँ फाल्ने लगायतका समस्या देखिएका छन् । बजारमा पेट्रोलको अभाव भएपछि कालोबजारी गरेर...

Read More