Category: जीवनशैली

स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको उच्च जोखिममा

–रिया भण्डारी काठमाडौं । विरामीको उपचारमा रात दिन खट्नुपर्ने स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको उच्च जोखिममा पर्ने गरेका छन् । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरल रुघाखोकी जस्ता स्वास्थ्य समस्याहरुको परीक्षणको क्रममा ल्याबका स्वास्थ्यकर्मीहरु नै संक्रमणको शिकार बन्ने गरेका छन् । बिरामीको रगत ,खकार ,पिसाबको ल्याब टेस्ट गर्न बसेका स्वास्थ्यकर्मीहरु र ल्याब टेक्निसियनहरु आफै संक्रमणको जोखिममा परेर  बिरामी पर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.गीता शाक्यका अनुसार गत बर्ष स्वाइनफ्लुको संक्रमित विरामीको स्वास्थ्य परीक्षणका क्रममा प्रयोगशालाका एक स्वास्थ्यकर्मीलाई संक्रमण भएको थियो  । विशेष गरी प्रयोगशालामा कार्यरत स्वस्थ्यकर्मीहरु यस्ता बिभिन्न संक्रमणको जोखिममा पर्दै आएका छन् । विदेशी मुलुकहरुमा ल्याबमा...

Read More

भूकम्प पीडित ससाना बालबालिकाहरुलाई चिसोबाट बचाउँनै मुस्किल

–रिया भण्डारी । काठमाडौं । भूकम्पपछि घरवास गुमाएका भूकम्प पीडितहरुलाई अहिले आफ्ना स साना बालबालिकाहरुलाई बचाउँनै मुस्किल परेको छ । बढ्दो चिसोका कारण बालबालिकाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन थालेपछि पीडितहरुको पीडामाथि झनै पीडा थपिएको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा अहिले भूकम्प पीडित बालबालिकाको चाप बढ्दो छ । बढ्दो चिसोका कारण भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक,दोलखा नुवाकोट र धादिङबाट आउने बिरामीको संख्या अत्याधिक रहेको अस्पतालले जनाएको छ । तर सरकारले आफुहरुलार्इ कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ ।  सोमवार र मंगलवार मात्र कान्ति बाल अस्पतालमा आउने बिरामीको संख्या ७३७ पुगेको छ । अधिकांश बिरामीहरु भूकम्प प्रभावित क्षेत्रका रहेका छन्...

Read More

स्तनलाई यसरी राख्नुहोस फिट र आकर्षक

एजेन्सी । तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ । पुराना ब्रा फालिदिनुहोस बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको...

Read More

आज क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव, शुक्रबार देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिनुभयो । क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।...

Read More

ब्राजिलमा महिलाहरुलाई गर्भवती नहुन सरकारको उर्दी

एजेन्सी। ब्राजिलका दम्पत्तिहरुले सन्तान जन्माउने योजनालाई केहीदिन पर सार्नुपर्ने भएको छ। यो वर्ष ब्राजिलमा जन्मिएका २४०० नवजात शिशुमा विचित्र खाले रोग पाइएपछि ब्राजिलको स्वास्थ्य विभागले यस्तो सुझाव दिएको हो । यो रोगबाट पीडित शिशुको दिमाग सामान्यभन्दा सानो पाइएको छ। यसको असर उनीहरुको मानसिक स्थितिमा पनि पर्ने सम्भावना रहेको बताइएको छ। ब्राजिलको स्वास्थ्य विभागका अनुसार यो रोगको कारण लामखुट्टेबाट उत्पन्न ‘जिका’ नामक भाइरस हो । सन् २०१४ मा पनि यो रोगबाट १४७ शिशु पीडित बनेका थिए । डेली मेलका अनुसार ब्राजिलको स्वास्थ्य अधिकारीहरु यो गम्भीर रोगलाई ल्याटिन अमेरिकी देशमा लामखुट्टेबाट उत्पन्न जिका भाइरससँग जोडेर हेरिरहेका छन् । स्वास्थ्य अधिकारी कुनै...

Read More