Category: जीवनशैली

एक टुक्रा औषधि नखाई १ सय ४ वर्ष बाँचेकी छिन् लालमाया तामाङ

पाँचथर । घरको आगनम सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन्, सिकुवामा धान राखेर घरिभित्र पसिन् अनि खाना पकाउने मेलोमेसोमा जुटिन १ सय ४ वर्षीया लालमाया तामाङ । पाँचथरको साविक चोकमागु –९ हाल फिदिम नगरपालिका–५ सरसिउँला गाउँकी वृद्धा तामाङ अहिले १ सय ४ वर्ष पुगिन् । यतिको उमेरमा पनि उनी आफै तरकारी काट्छिन् । घर बढार्छिन्, खाना पकाउछिन् । यी सब काम यिनी हातले छामेर गर्छिन् अहिले पनि । ‘म जन्मेको साल थाहा छैन भदौ महिनामा अरे आमाले भनेको सुनेको’ उनी भन्छिन् । २०९० सालको भूकम्पले हल्लाएर घरभित्रै लडेको याद स्मरण गर्ने तामाङको जन्म भने १९७० सालमा भएको भए पनि उनको...

Read More

स्वास्थ्य बीमा उपचार सेवा शुरु

भक्तपुर । सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले असार १ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि स्वास्थ्य सेवा शुरु भएको बताउनुभएको हो । भक्तपुर जिल्लामा हालसम्म तीन हजार ३४५ परिवारका १३ हजार ४७० जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिँदै उहाँले सदस्यहरुबाट कूल ७६ लाख ३२ हजार एक सय रूपैयाँ बीमा रकम संकलन भएको बताउँनु भयो । जिल्लामा स्वास्थ्य बीमा गराउन तालिम प्राप्त ६७ जना दर्ता सहयोगी परिचालन गरिएको जानकारी दिँदै उहाँले शुरुमा दधिकोट र...

Read More

डुबान क्षेत्रमा महामारीको खतरा

महोत्तरी । बाढीको कटान र डुबानको चपेटामा परेका महोत्तरीका झन्डै ३७ गाउँमा महामारी फैलने खतरा बढेको छ । डुबान र कटानमा परेका ग्रामीण क्षेत्रम झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी र जिउ चिलाउने रोग देखिने थालेको स्थानीयले बताए । बाढीबाट महोत्तरीका ४० हजार घरपरिवार प्रभावित भएका छा् । प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिने जोखिम बढेको छ । बाढीको चपेटाबाट नराम्ररी प्रभावित हुन पुगेको सदरमुकाम जलेश्वर, रामगोपालपुर, मेघनाथ गोरहन्ना, मटिहानी, बलवा, लोहारपट्टी, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरी, बथनाहालगायतका क्षेत्रमा रोगको प्रकोप फैलने खतरा रहेको स्वास्थयकर्मीको भनाई छ । रोग फलिने क्रम बढे पनि ती क्षेत्रमा स्वास्थ्यकर्मी टोली देखा पर्न नसकेको स्थानीयले...

Read More

बाढीले गर्दा खानेपानीको हाहाकार

धरान । सेउती खोलाको बाढीले पाइप बगाउँदा धरान उपमहानगरपालिकामा तीन दिनदेखि खानेपानीको हाहाकार भएको छ । खानेपानी संस्थानले पाइप मर्मत नगर्दा धरानबासी खानेपानी सुबिधाबाट बञ्चित भएका हुन् । चारकोशेबाट बोरिङ गरी ल्याएको खानेपानीको पाइप सेउती पुलभन्दा माथिको भागमा अविरल वर्षासँगै आएको बाढीले बगाएको छ । समयमा मर्मत नगरी खानेपानी वितरण नगरेको कारण धरानवासी काकाकुल बन्नुपरेको धरान–१५ का कसमार भारतीले बताए । उनले तीन दिनसम्म पाइप मर्मत नगर्ने संस्थानका कर्मचारीलाई कडा कारबाही गर्नु पवर्ने काग गरेका छन् । धरानको चारकोशे जंगलबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको खानेपानीको पाइप पनि बाढीले बगाएको छ । यसैसँगै प्रतिष्ठानमा पनि पानीको अभाव भएको छ...

Read More

सोमवार श्रीकृष्णजन्माष्टमी पर्व मुलुकभर कृष्णमन्दिरहरुमा दर्शनार्थीको भीड

काठमाडौं । सोमवार श्रीकृष्णजन्माष्टमी पर्व । मुलुकभर कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित दर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ । द्वापरयुगमा माता देवकी र पिता वासुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । पृथ्वीमा प्राणीको संरक्षण र धर्मको स्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ । उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान...

Read More