Category: खेल

यो कस्तो लुछाचुँडी : विश्वकप फूटबल २०१४

अरुको खुट्टाबाट बल आफ्नो पक्षमा पार्नैका लागि गरिने त्यस्ता हर्कतहरु खेलाडीहरु सुनियोजित रुपमा गर्छन वा आकस्मिक रुपमा गल्तीले हुन्छन् भन्ने कुरामा फरक मत रहला | तर प्राय नाम चलेका अग्रपंक्तिमा खेल्ने खेलाडीहरु अन्य खेलाडीहरुका त्यस्ता हर्कतहरुको शिकार हुने गर्छन् |

Read More

शृंखलाबद्ध गोलगर्दै जर्मनी फाइनलमा, घरेलु मैदानमै ब्राजिल स्तब्ध

विश्वकप २०१४ को पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलविरुद्ध जर्मनीले गोलको वर्षा गर्दै फाइनलमा प्रवेश गरेको छ। सन् २००२को दक्षिण कोरिया-जापान विश्वकप यता जर्मनी फाइनल पुगेको पहिलो पटक हो । अब जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। विश्वकपकै इतिहासमा लज्जास्पद हार बेहोरेको घरेलु टोली ब्राजिलको विश्वकप चुनौती समाप्त भएको छ। ब्राजिलले जर्मनीविरुद्ध बेहोरेको हार आफ्नो समग्र फुटबल इतिहासकै यो सबैभन्दा ठूलो हार हो। खेलमा जर्मनी ७-१ गोलले विजयी भएको हो । जर्मनीको लागि ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै खाता खोलेका थिए। लगत्तै मिरास्लाभ क्लोजले गोल गर्दै विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने।...

Read More

आज सेमिफाइनलको भिडन्त, प्रतिस्पर्धामा ब्राजिल र जर्मनी

 विश्वकप फुटबलको सेमिफाइनल अन्तर्गत का खेल आज राति  नेपाली समय अनुसार  पौने २ बजे हुने खेलमा ब्राजिल र जर्मनी भिड्दैछन् । कोलम्वियासंगको खेलमा ढाडमा लागेको चोटका कारण स्ट्राइकर नेयमारले विश्वकपका वाँकी खेल गुमाउने भएपछि घरेलु टोलीको अवको रणनीतिमा प्रश्नचिन्ह लागेको बेला ब्राजिलका पूर्व स्टार रोनाल्डोले स्कोलारीको प्रशिक्षणमा मैदानमा उत्रने ब्राजिलले १ ० ले जर्मनीसंग बाजी मार्ने दावी गरेका छन् । नेयमार घाइते हंदा ब्राजिलले आफ्नो स्टार गुमाएको बताउदै रोनाल्डोले जुनसुकै टिमविरद्ध पनि ब्राजिल सधैं बलियो हुने फिफा डटकमसंग बताएका छन् । दुवै टोली आज नयाँ इतिहास  दाउमा रहनेछन्...

Read More

विश्वकपमा सेक्सको पावर

ब्राजिलमा जारी विश्वकपको सेमी फाइनल समीकरण पनि पूरा भैसकेको छ  । यो संगै विश्‍वकप फिभर अझ बढ्दो छ ।  त्यो संगै अहिले चर्चामा छ -विश्‍वकपमा सेक्स कपको । विश्‍वकप फुटबलका दौरानमा धेरै खेलाडीलाई सेक्स र प्रेमिकाबाट टाढा नै राखिएको छ। खेलका क्रममा खेलाडीको ध्यान बाहिर जानसक्ने कारणले यस्तो गरिएको प्राय: टोलीका प्रशिक्षकको दाबी छ। तर खेलको दौरानमा खेलाडीहरुलाई सेक्स छुट दिदा कुनै फरक नपर्ने पुष्टि भएको छ । क्‍वार्टरफाइनलसम्मका खेल हेर्दा यो कुरा पुष्टि भएको हो । यौनसम्पर्कका लागि छुट पाएकामध्ये नेदरल्यान्ड्स, जर्मनी, ब्राजिल, कोस्टारिका र फ्रान्स विश्वकपको अन्तिम आठसम्म पुगे। विश्‍वकपका क्रममा यौनसम्पर्क राख्‍न छुट दिने अधिकांश टोलीले...

Read More

४४ सेकेन्डमा नेदरल्याण्ड, २४ बर्षमा अर्जेन्टिना सेमिफाइनलमा

प्रशिक्षक लुइस भान गालले नियमित गोलकिपर जस्पर सिलिसेनलाई हटाएर टिम क्रुललाई पोष्टको जिम्मा दिएका थिए । र, उनको यो निर्णय नै सही सावित भयो । क्रुलले पोष्टको जिम्मेवारी सम्हालेको ४४ सेकेण्डपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । क्रुलले २ वटा पेनाल्टी बचाएपछि नेदरल्याण्डको इतिहासनै बदलियो |१९८६ मा उपाधि जितेको अर्जेन्टिना सन् १९९० को फाईनलमा जर्मनीसँग हारेको थियो । त्यसयताका विश्वकपमा अर्जेन्टिना सेमिफाईनलमा पुगेकै थिएन् ।

Read More