Category: खेल

क्लव फुटबलमा म्यानचेष्टर युनाइटेडको 100 % नतिजा

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप क्लव फुटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेडको अपराजित यात्रा कायमै छ । समूहमा सत्प्रतिशत नतिजा निकाल्ने क्रममा म्यानयुले स्पेनिश क्लव रियाल मड्रिडमाथि शानदार जित निकालेको छ । म्यानयु ३ १ ले विजयी भयो । म्यानयुलाई जिताउन एस्ले यङ्गले दुई तथा हेभियर हर्नान्डेजले एक गोल गरे । रियालका ग्यारेथ बेलले पेनाल्टीमार्फत एक गोल फर्काए । यसअघि म्यानयुले इटालियन क्लव इन्टर मिलान र एएस रोमालाई पराजित गरेको थियो । यस्तै गएरातिको अर्को खेलमा इन्टर मिलानले एएस रोमालाई २ ० ले हरायो । मिलानलाई जिताउन नेमान्जा भिडिक र युटो नागाटोमोले गोल गरेका हुन ।  अर्को समूहका खेलमा ओलम्पियाकोस र लिभरपुल विजयी...

Read More

ब्राजिलियन कोचमा स्कोलारी

प्रशिक्षक डुंगा राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि लुइस स्कोलारीले  उनको स्थान लिंदै ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भएका छन् । । ग्रेमिओ ब्राजिलियन लिगको उपविजेता हो । विश्वकपमा  सेमिफाइनलसम्म मात्र यात्रा तय गर्न सकेको ब्राजिलमा लुइस घरेलु टोलीका प्रशिक्षक थिए | सेमिफाइनलमा ७-० को हार ब्राजिलको फुटबल इतिहासमै सबैभन्दा लज्जास्पद बनेको थियो | असफलताको अर्को धक्का  तेस्रो स्थानका लागि भएको खेलमा पनि घरेलु टोलीले नेदरल्याण्डसँग ३-० ले हार व्यहोर्नु पर्यो | ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भए पछी पुराना कमजोरी सुधार्न उनले कस्तो तरिका अपनाउने छन् त्यो हेर्न पर्खिनै पर्छ |...

Read More

फिफा वरियताक्रममा नेपाल १ सय ६४ औ स्थानमा

विश्व फुटवल महासंघ फिफा वरियताक्रममा नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको छ । फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरियता क्रम अनुसार १ सय २० अंक प्राप्त गर्दै नेपाल १ सय ६४ औ स्थानमा यथावत रहेको हो । विश्वकप विजेता जर्मनी फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनी १७ सय २४ अंकका साथ शीर्ष स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा थियो । उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा छ भने नेदरल्याण्ड तेस्रो स्थानमा छ । डच टोली १२ स्थानमाथि उक्लिएको हो । कोलम्बिया चौथो, बेल्जियम पाँचौं र उरुग्वे छैटौं स्थानमा उक्लिएको...

Read More

“विश्वकप २०१४” जर्मनीलाई

विश्वक़प फूटबल २०१४ को उपाधि जर्मनीले हात पारेको छ | दक्षिण अमेरिकी भूमि ब्राजिलमा सम्पन्न अर्जेन्टिना र जर्मनी बिचको फाइनल खेल अतिरिक्त समयको सदुपयोग गर्दै जर्मनीले ० को विरुद्ध १ गोल नतिजा सहित यस बर्षको विश्वक़प उपाधि युरोपियन भूमिमा भित्र्याएको छ |

Read More