Category: खेल

प्रतिबन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाद्धारा अस्वीकार

खेलाडी ट्रान्सफर माथि लगाएको प्रतिवन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाले अस्वीकार गरेको छ । अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४ महिने प्रतिबन्ध लगाएको छ । तर, बार्सिलोनाले अपील गरेपछि केही समयका लागि प्रतिवन्ध स्थगित गरिएको थियो । यही मौकामा बार्सिलोनाले लुइज स्वरेजसहितका फुटबलहरुलाई भित्राएको छ...

Read More

यु १६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपाललाई

मलेसियामा जारी एसिसी यु १६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपालले कब्जा गर्न सफल भएको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू–१६ उमेर समूहकै पहिलो उपाधि जितेको हो । उमेर समूहमा नेपालको यो २००९ पछिको पहिलो उपाधि समेत हो । नेपालले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछयाएको घरेलु टोली ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि...

Read More

नेपालद्धारा मलेसियासामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिसी यु १६ प्रिमियर लिग क्रिकेटका उपाधिका लागि नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसयिाको किन्नरा ओभल खेल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालको निर्धारित ओभरमा ९ विकेट गुमाउदै १६१ रन जोडेपछि मलेसियाले १६२ रनको लक्ष पाएको हो । नेपालका लागी पवन सर्राफले ४४ रनको योगदान गरे । करिब दुई हप्ताको तयारीपछि प्रतियोगितामा सहभागी हुन पुगेको नेपाल आज खेल जितेर पहिलो पटक उपाधि जित्ने योजनामा छ । यसअघि एसिसी एलिट ट्रफीको नाममा हुने यस प्रतियोगिताका दुबै संकरणमा नेपाल उपविजेता भएको थियो । मलेसिया भने प्रतियोगिताको साविक विजेता हो । चालू प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर, बहराइन र ओमानलाई पराजित...

Read More

भदौ १५ देखि एडिभिजन नकआउट फुटबल

अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १५ गतेदेख २५ गतेसम्म ए डिभिजन नक आउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिबिच भएको छलफलले ए डिभिजन नक आउट फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो । बैठकमा यो प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा उपलब्ध गराईएको सरह नै सुविधा एन्फाले दिने सहमति भएको छ । यो प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहने छ । यस्तै यसै वर्षदेखि होम एण्ड अवे पद्दतीमा आयोजना गरिने राष्ट्रिय लिग कात्तिक २१ गतेदेखि संचालन गर्ने निर्णय पनि बैठकल्ऽे गरेको छ ।...

Read More

चेल्सीद्धारा बर्नली ३ १ ले पराजित

डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले इग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । उपाधिको दाबेदार मानिएको चेल्सीले हिजो राति भएको खेलमा नवप्रवेशी बर्नलीलाई ३ १ गोलअन्तरले पराजित गरेको हो । टर्फ मोरमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । १४ औं मिनेटमा स्कट आफिल्डको गोलबाट लिएको अग्रता धेरै बेर टिक्न सकेन । १७ औं मिनेटमा कोष्टाले बराबरी गोल फर्काएका थिए । २१ औं मिनेटमा सेस फेब्रिगासको पासमा आन्द्रे शुर्लेले गोल गर्दा चेल्सीले २ १ को अग्रता लियो ।३४ औं मिनेटमा इभानोभिचले गोल गरेपछि पहिलो हाफमा चेल्सी ३ १ को अग्रता लिन सफल भयो ।  तर, दोस्रो हाफमा...

Read More