Category: खेल

अष्ट्रेलियामा नेपाली तेक्वान्दो फेडरेसन

अष्ट्रेलियाको मेलवोर्नमा नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ। अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दो परिवारलाई समेटेर पुर्व राष्ट्रिय खेलाडी आलोक रानामगरको अध्यक्षतामा युएनटीएफले पुर्णता पाएको हो। मेलवर्नमा सम्पन्न भेलावाट गठन गरिएको अस्ट्रेलिया च्याप्टरको सचिवमा सुदुर पश्चिमवाट तेक्वान्दोमा आश लाग्दा प्रतिभाको रुपमा उदाएर राष्ट्रिय प्रतियोगिता खेलिसकेका माहादेव धानुक रहेका छन। च्याप्टरको कोषाध्यक्षमा सशी पराजुली तथा सदस्यहरुमा हिरा महर्जन, रिकेश महर्जन र जिवन श्रेष्ठ रहेका छन।अस्ट्रेलिया च्याप्टर गठनपश्चात कमिटीले डी आर राना, हेमन्तराज काफ्ले र स्वयम्भुराज डंगोललाई सल्लाहकार चयन गरेको छ। अमेरिकावाट अस्ट्रेलियन ओपन तेक्वान्दो प्रतियोगितामा रेफ्री...

Read More

म्यानचेष्टर सिटीद्धारा बलियो प्रतिद्वन्द्वी लिभरपुलमाथि जीत

इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई पराजित गरेको छ । गए राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुलमाथि ३–१ को प्रभावशाली जित हात पारेको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४१ औं मिनेटमा स्टीभन जोभिटिकको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा जोभिटिकले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । एग्युरोले इडेन जोकोको स्थानमा मैदान प्रवेश गरेको मात्र २३ सकेण्डमा गोल गरेका हुन् । ८४ औ मिनेटमा सिटीका जाबालेटाले आत्मघाती गोल गरेपनि लिभरपुल खेलमा फर्कन सकेन...

Read More

विपक्षि समर्थकको ढुंगा प्रहारबाट क्यामरुनी फुटबलरको मृत्यु

शनिबार लिग खेलको दौरानमा  विपक्षी समर्थकहरुको ढुंगा प्रहारबाट  सख्त घाइते  क्यामरुनी फुटबल खेलाडीको मृत्यु  भएको छ | उनको मृत्यु पछि अल्जेरियामा जारी लिग स्थगित गरिएको छ | अल्जेरियाको जेएस क्याबिली फुटबल क्लबबाट खेल्दै आएका २४ वर्षीय क्यामरुनी स्ट्राइकर इबोसेलाई युएसएम एल्गर क्लबका समर्थकहरुले खेलपश्चात ढुंगा प्रहार गरेका थिए ।टाउकोमा लागेर गम्भीर घाइते भएका इबोसेलाई उपचारको लागि अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो ।लिग स्थगित गरिएसँगै फुटबल संघले मृतक खेलाडी अल्बर्ट इबोसेको परिवारलाई १ लाख अमेरिकी डलर क्षतिपूर्ति समेतदिने भएको छ । घटना पश्चात अल्जेरियन फुटबल फेडेरेसनले लिग संचालन भैरहेको  रंगशाला समेत बन्द गराएको छ । त्यहाँको आन्तरिक मन्त्रालयले घटनाको पूर्ण र निस्पक्ष छानबिन...

Read More

आर्थिक हिसाबकिताब माग्दा चार क्लब प्रतिबन्धीत

अखिल नेपाल फुटबल संघ एन्फाले चार क्लबमाथि प्रतिबन्ध लगाएको छ । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो । एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाली फुटबलकै पहिलो घटना हो । एन्फाको काम–कारबाहीसँग असहमत चार क्लबले वैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेका थिए । झन्डै ८ महिनाको प्रतिबन्धमा परे पनि चार क्लबको ‘ए” डिभिजन हैसियत यथावत रहनेछ । नेपालमा १२ ए डिभिजन क्लब रहेका छन्...

Read More

इग्लिस प्रिमियर लिगमा आज म्यानसिटी र लिभरपूल भिड्ने

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेष्टर सिटी र लिभरपुलबीच भिडन्त हुँदैछ । खेल राति पौने १ बजे म्यानचेष्टर सिटीको मैदानमा हुनेछ । उपाधि दावेदारहरु बीचको यो भिडन्तलाई निकै कौतुहलताका साथ लिइएको छ । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा पनि म्यानचेष्टर युनाइटेड जितविहीन बनेको छ । पहिलो खेलमा स्वान्सी सिटीसंग पराजित हुँदै खराव सुरुवात गरेको म्यानयुले दोस्रो खेलमा जित हासिल गर्ने अपेक्षा गरिए पनि सण्डरल्याण्डसंग बराबरीमा चित्त बुझाएको छ । सन्डरल्याण्डको मैदानमा गएराति भएको खेल १–१ को बराबरीमा सकिएको हो । यता, क्विन्स पार्क रेन्जर्सलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै टोटनह्याम हट्सपर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको...

Read More