Category: खेल

एसिसी यु–१९ प्रिमियर क्रिकेट स्थगित हुने सम्भावना

कुवेतमा सुरु हुने १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत आज हुने भनिएको खेल रद्द भएका छन । अफगानिस्तान, युएई र साउदी अरवका खेलाडीको भिसामा समस्या भएर समयमै पुग्न नसकेकाले आज हुने भनिएको नेपाल र मलेसिया तथा अफगानिस्तान र कुवेतविचको खेल रद्द भएको जानकारी आएको नेपाल क्रिकेट क्यानले जनाएको छ । लिग शुरु हुन अझै २÷३ लाग्ने देखिएको छ...

Read More

तेक्वान्दोमा नेपाललाई स्वर्ण

दक्षिण कोरियामा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले स्वर्ण हात पारेको छ । जेन्जु सहरमा भएको प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो युनियनका खेलाडी रिश्मा श्रेष्ठले ४६ किलो तौल समूहमा कोरियाली खेलाडी जेमी लीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । कार्तिक ८ देखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको महिला सिनियरतर्फ ७० किलो तौल समूहमा कोरियाली खेलाडीसँग पराजित भएकी सुसान जोशी द्धितीय भइन् । प्रतियोगिताको पुरुष सिनियरतर्फ ७४ किलो तौल समूहमा पराजित भएका डम्वर बोहोरा तृतीय भए । यस्तै, पुरुष सिनियर ८० किलो तौल समूहमा चाइनीज खेलाडीसँग पराजित भएका धीरेन्द्र सिंह कठायतले पनि तृतीय स्थानमै चित्त बुझाए...

Read More

क्रिकेट टीमको सफलतालाई कम नआँक्न चेतावनी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले नेपाली क्रिकेट टोलीले पाएको सफलतालाई लिएर क्यानबाटै टीकाटिप्पणी हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । टी–२० विश्वकपमा पाएको सफलता ठूलो होइन भन्ने सुन्नमा आएको भन्दै विश्वकपकै कारण नेपालले टी–२० स्टाटस पाउनुनै ठूलो उपलब्धी भएको बताउनुभयो । श्रीलंका भ्रमणमा जान लागेको नेपाली टोलीको बिदाइ कार्यक्रममा पुबुदुले क्रिकेट टीमको सफलतालाई कम नआँक्न चेतावनी दिनुभयो । साथै उहाँले खेलाडीको भविश्यबारे समेत सोच्न सम्वद्ध पक्षलाई आग्रह गनुभयो । नेपाली क्रिकेट टीमले पछिल्लोपटक केही नपाए पनि देशका लागि खेलेको उहाँको भनाई थियो...

Read More

म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

जर्मन च्याम्पियन बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराती भएको खेलमा इटालियन क्लब एएस रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो उता, इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको छ । दुई खेल बाँकी रहँदा सिटी समूहको पुछारमा रहेको छ । गएराती भएको खेलमा पनि सिटी सिएसकेए मस्कोसँग पराजित भएको छ ।   यस्तै बार्सिलोनाका लियोनेल मेस्सीले च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता राउल गोन्जालेजको रेकर्ड बराबरी गरेका छन् । गएराती आयाक्सविरुद्धको खेलमा दुई गोल गर्दै मेस्सीले आफ्नो व्यक्तिगत गोल संख्या ७१ पु¥याएका हुन् । जीतसँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । मेस्सीले...

Read More

रियल मड्रिड र बोरुसिया डर्टमण्ड नक आउट चरणमा प्रवेश

स्पेनिस क्लव रियाल मड्रिड र जर्मनीको बोरुसीया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह चरणका चौथो खेलहरुमा गएराती जित हात पार्दै यी दुई टीम प्रि क्वाटरफाईनलमा पुगेका हुन् । १० पटकको युरोपियन च्याम्पियन रियाल मड्रिडले गएराती लिभरपुललाई १–० ले हरायो । उता गएरातीको खेल जित्दै जर्मन क्लव बोरुसीया डर्टमण्ड पनि अन्तिम १६ मा पुगेको छ । डर्टमण्डले टर्कीको गालातासारेलाई ४–१ ले हरायो । च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेलमा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसलाई ३–२ ले हराँउदा स्पेनको एथ्लेटिको मड्रिडले स्विडेनको माल्मो एफ।एफ लाई २–० ले पराजित गरेको छ । यसैगरी जर्मनीको बायर लिभरकुजनले...

Read More