Category: खेल

लिगलिडर चेल्सीको अपराजित यात्रामा पूर्णविराम

इग्लिस प्रिमियर लिगमा यस सिजन अपराजित रहँदै आएको चेल्सी आफ्नो १५ औं खेलमा हार बेहोरेको छ । गएराति भएको खेलमा न्युकासल युनाइटेडसँग भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको चेल्सी २–१ गोल अन्तरले पराजित भएको हो । त्यस्तै एभर्टनलाई १–० गोल अन्तरले हराउँदै म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँगको अंक दुरी तीनमा झारेको छ । त्यस्तै गएरातिनै भएका अन्य खेलमा हल सिटी र वष्ेटव्रोम साथै लिभरपूल र सण्डरल्याण्डवीच भएको खेलमा गोलरहित बराबरी खेलेका छन् । क्युपीआरले बर्नलेलाई २–० ले पराजित गरेको छ भने स्टोक सिटीले आर्सनललाई ३–२ ले हराएको छ । टोटनह्यामले क्रिष्टल प्यालेसलाई गोलरहित बराबरीमा रोकेको छ ।...

Read More

रोनाल्डोले बनाए ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् । शनिबार राति रियल मड्रिडले सेल्टाभिगोलाई ३–० ले पराजित गर्दै १८ औं जित हात पार्दै रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गरे । घरेलु मैदान बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ३६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । ६५ औं मिनेटमा दोस्रो गोल गरेका उनले ८१ औं मिनेटमा कीर्तिमानी ह्याट्रिक पुरा गरे । उनले मड्रिड लेजेन्ड अल्फ्रेडो डि स्टेफानो र एथ्लेटिको विल्वाओका लेजेन्ड टेल्मो जारालाई पछि पारे । स्टेफानो र जाराले समान २२ ह्याट्रिक गरेका थिए । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले भने ला लिगामा २० ह्याट्रिक...

Read More

रोनाल्डोलाई सर्वाधिक गोलकर्ताको अवार्ड

क्रिष्टियानो रोनाल्डो सन् २०१३ मा सर्वाधिक गोलकर्ताको अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो पटक उनी इन्टरनेशल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिकले उनलाई सम्मान गरेको हो । रियल मड्रिड तथा पोर्चुगलका फवार्ड रोनाल्डोले गत वर्ष ६९ गोल गरेका थिए । अवार्ड लिएको फोटो इन्ट्राग्राममा पोष्ट गर्दै रोनाल्डोले विश्वको सर्वाधिक गोलकर्ताको अवार्डपछि सम्मानित महसुस गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन्...

Read More

डिभिजन टुको अभ्यास खेल दक्षिण अफ्रिकामा

नेपाल क्रिकेट संघ क्यानले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली राष्ट्रिय टोलीलाई १० दिन साउथ अफ्रिका पठाउने भएको छ । नेपाली टोली जनवरी ३ मा दक्षिण अफ्रिका जानेछ । नामिबियामा हुने जनवरी १७ देखि २५ सम्म हुने डिभिजन टुका लागि क्यानले दिवाकर घलेलाई टिम व्यवस्थापक तोकेको छ । सहायक प्रशिक्षकमा विनोद दास, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्टलाई मनोनय गरिएको क्यानले जनाएको छ । क्यान कार्यसम्पादन समितिको हिजोकोे बैठकले राष्ट्रिय टोलीका १८ सदस्यलाई ग्रेडिङको आधारमा आचारसंहिता लागू गरी एक वर्षको अनुबन्ध गर्ने निर्णय समेत गरेको छ...

Read More

अल विदा फिलिप…जर्सी नम्बर ६४ सधैं याद रहिरहनेछ

–दीपेन्द्र दोङ तामाङ । अष्ट्रेलियन क्रिकेट टिमका सदस्य फिलिप ह्युजको बुधबार अन्त्येष्टि गरिएको छ । बाउन्सर बलले लागेर गम्भीर घाइते भएका फिलिपको गत बिहीबार सिड्नीमा निधन भएको थियो । फिलिपको, सिड्नी र ब्रिसबेनको बीचमा रहेको उनको गृह नगर मेक्सभिलमा अन्त्येष्टि गरिएको हो । फिलिपलाई अन्तिम बिदाइ गर्न हजारौ मानिस उपस्थित भएका थिए । उनको बिदाइको समयमा मेक्सभिल हाइस्कुलको स्पोर्टस हलमा उपस्थित सबै मानिसको आंखा रसाएको थियो । फिलिपको बिदाइमा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एब्बट उनका टिमका सहयात्रीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी अष्ट्रेलियाका पुर्व खेलाडी सेन वार्न, रिकी पोन्टिङ, एडम गिलक्रिस्ट, ग्लेन म्याकग्रेथ, भारतीय ब्याट्सम्यान बिराट कोहली, रोहित शर्मा रवि...

Read More