Category: खेल

तेक्वान्दो आईटीएफमा नेपाललाई दुई स्वर्ण

प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सव अन्तर्गत तेक्वान्दो आईटीएफमा नेपालका लीलाधर बस्नेत र रमेश श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । दुवै खेलाडीले फाइनलमा बंगलादेशका प्रतिद्वन्द्वीलाई पाखा लगाए । सिनियर पुरुषतर्फको ६५ देखि ७० केजी तौलसमूहमा लीलाधरले मोहम्मद जाकिर हुसैनलाई र ५६ देखि ६० केजीमा रमेशले मोहम्मद रहमादलाई पराजित गरेका हुन् । सिनियर पुरुषतर्फकै ९० केजीभन्दा माथिको तौलसमूहमा बंगलादेशका मोहम्मद अबुरुद रसिडले स्वर्ण पदक जितेका छन् । ७१ देखि ७५ केजीमा नेपालका भीमबहादुर तामाङ पहिलो भए । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा भएको सिनियर महिलातर्फको ४५ देखि ५० केजी तौलसमूहमा...

Read More

स्पेनिस च्याम्पियनमा भिल्लारियलको जित

स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिड भिल्लारियलसँग पराजित भएको छ । गय राति भएको खेलमा भिल्लारियलसँग १–० गोल अन्तरले पराजित भएपछि एथ्लेटिको लिग लिडर रियल मड्रिडभन्दा सात अंकले पछि परेको छ । एल्थेटिको मड्रिडलाई घरेलु मैदानमा सिजनको पहिलो हार चखाउने क्रममा भिल्लारियलका भिट्टोले ८४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि एथ्लेटिकोका मारियो मान्जुकिजको क्लोज रेन्जको प्रहार भिल्लारियलका गोलरक्षकले रोकेका थिए । रियल मड्रिड १५ खेलबाट ३९ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ अंक छ । एल्थेटिको मड्रिड भने ३२ अंका साथ तेस्रो स्थानमा छ...

Read More

रोनाल्डो ओभरसिज स्पोर्ट्स पर्सनालिटी अफ दि इयर

रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ओभरसिज स्पोर्ट्स पर्सनालिटी अफ दि इयर अवार्डबाट सम्मानित भएका छन् । म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी रहेका २९ वर्षीय रोनाल्डो फिफा बालोन डि’ओरका मुख्य दावेदार पनि हुन् । उनीसँगै बार्सिलोनाका लिओनल मेस्सी र जर्मन तथा बार्यन म्युनिखका गोलरक्षक नुयुर अन्तिम तीनको मनोनयनमा छन् । जनवरी १२ मा यसको विजेता घोषणा हुनेछ...

Read More

प्रिमियर लिग फुटबलमा आज राती सात खेल हुँदै

इङ्गलिश प्रिमियर लिग फुटबलअन्र्तगत आज राती सात खेल हुँदैछन् । राति पौने ९ बजे छ वटा खेल हुनेछन् । एकै समयमा चेल्सीले आफ्नै मैदानमा हल सिटीसंग खेल्दा म्यानचेष्टर सिटी लेस्टर सिटीसंग उसकै मैदानमा आमनेसामने हुनेछ ।त्यसैगरी बर्नलेले आफ्नै मैदानमा साउथह्याम्पटनसंग, वेष्टब्रोमविच आल्बियनले एस्टन भिल्लासंग, क्रिष्टल प्यालेसले स्टोक सिटीसंग तथा सन्डरल्याण्डले वेष्टह्याम युनाइटेडसंग खेल्नेछ । त्यस्तै राति सवा ११ बजे हुने एक मात्र खेलमा आर्सनलले आफ्नै मैदानमा न्यूकासल युनाइटेडसंग खेल्नेछ । लिगमा १५ औं चरणको समाप्तिसम्म चेल्सी ३६ अंकका साथ शीर्ष स्थानमा छ भने ३३ अंकको साविक विजेता म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । त्यसैगरी २८ अंकको म्यानचेष्टर युनाइटेड तेस्रो...

Read More

रियल मड्रिडद्धारा २० औं जित हासिल

रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले सबै प्रतियोगितामा गरी लगातार २० औं जित हात पारेको छ । स्पेनिस ला लिगा फुटबल अन्तरगत गए राति भएको खेलमा लिग लिडर रियल मड्रिडले अल्मारियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो सबै प्रतियोगितामा गरी रियल मड्रिडको लगातार २० औं जित हो । उसले १३ सेप्टेम्बरपछिका सबै खेल जितेको छ । लगातार सर्वाधिक जितको कीर्तिमान भने ब्राजिलियन क्लब कोर्टिबासँग छ । उसले २०११ मा सबै प्रतियोगितामा गरी लगातार २४ खेल जितेको थियो । अल्मारियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३४ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा...

Read More