Category: खेल

भारतीय क्रिकेटर पठान विवादमा

घरेलु क्रिकेट प्रतियोगिताका क्रममा दर्शकलाई कुटेपछि भारतीय क्रिकेटर युसुफ पठान विवादमा परेका छन् । रणजी ट्रफीको जम्मु कश्मीरविरुद्धको खेलमा बडौदाका तर्फबाट खेलिरहेका पठानले दर्शकलाई झापड हानेपछि विवादमा परेका हुन् । खेलको ८४ औं ओभरमा व्यक्तिगत नौ रनमा आउट भएपछि मैदानबाट बाहिरिने क्रममा पठानले दर्शकलाई झापड हानेका थिए । बडौदा क्रिकेट संघका सचिव स्नेहल पारिखले एकजना युवाले पठानलाई गाली गरेपछि उनी आक्रोशित भएको बताएका छन् । पठानले पनि रिसको झोकमा दुई झापड हानेको स्वीकार गरेका छन् । घटनापछि म्याच रेफ्री प्रशान्त मोहपात्रले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई यस विषयमा जानकारी गराएका थिए...

Read More

विश्वकप फुटबल तयारीका लागि नेपालले ३ करोड पाउने

सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले पनि झन्डै तीन करोड रुपैयाँ पाउने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हरेक सदस्य राष्ट्रलाई तीन हजार अमेरिकी डलर तयारी सहयोग गर्न लागेको हो । नेपालले पनि सदस्यको हैसियतमा उक्त सहयोग पाउने भएको छ । नेपालले आगामी विश्वकपका लागि छनोट खेल सन् २०१५ मा खेल्नेछ । नेपाली फुटबल विकासका लागि फिफाले प्रदान गर्न लागेको सहयोग रकम आफैंमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । गत जुन र जुलाईमा ब्राजिलमा आयोजित विश्वकप फुटबलका दौरान फिफाका अध्यक्ष सेप ब्लाटरले हरेक सदस्य राष्ट्रलाई विश्वकपको फाइदाबाट आर्थिक अनुदान प्रदान गरिने...

Read More

महिला भलिबलमा बंगलादेश र माल्दिभ्सतथा भारत र श्रीलंका भिड्दै

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । आजको दिउँसो २ बजे हुने पहिलो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् भने अपराह्न ४ बजे हुने अर्को खेलमा भारत र श्रीलंका आमने सामने हुने छन् । यसअघि हिजो भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिएका छन् ...

Read More

आहा रारा गोल्डकप माघ २० गतेबाट सञ्चालन हुने

आहा रारा गोल्डकपको १३ औं संस्करण माघ २० गतेबाट सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामि माघ २० देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ हुने प्रतियोगिताका सबै खेलहरु स्थानीय पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ क्लवले सहभागिता जनाउने आयोजक सहारा क्लवले जनाएको छ । बेलायतको पाँचौ डिभिजनको क्लव अल्टरसट, सहारा युकेसहित भुटान र भारतका टीमले समेत प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रतियोगितामा विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत नगद...

Read More

नेपाल र भारत भिड्दै

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने  खेलमा बलियो प्रतिद्वन्दी भारतसँग नेपालले सामना गर्न लागेको हो । त्यसअघिको पहिलो खेलमा नेपाले माल्दिभ्सलाई हराएर जीत हासिल गरेको थियो ।  नेपालले लगातर दोस्रो जीत निकाल्दै शिर्ष स्थान कायम गरेको छ । आजै हुने अर्को खेलमा माल्दिभ्स र श्रीलंका भिड्ने भएका छन् । प्रतियोगितामा नेपाल भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिएको प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले  एक हजार र पाँच सय डलर प्राप्त गर्नेछन्...

Read More